नेविसंघ महाधिवेशन कात्तिक दोस्रो साता

काठमाडौँ — कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन कात्तिक दोस्रो सातालाई प्रस्ताव गरिएको छ । संघको शनिबार बसेको बैठकले कात्तिक १६ देखि १८ सम्म राजधानीमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

नेविसंघ महाधिवेशन कात्तिक दोस्रो साता

पार्टी सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको निर्देशन समितिको परामर्शमा संघले मिति तोके पनि आवश्यक तयारी अघि बढाएको छैन । समितिले अध्यक्ष नैनसिंह महरको दुईवर्षे कार्यकाल भदौ पहिलो साता सकिएलगत्तै महाधिवेशन प्रयोजनका लागि तीन महिना थप गरेको थियो । यो अवधिभित्र महाधिवेशन सम्पन्न गर्न नसके संघ स्वत: विघटन हुन्छ ।


संघको वर्तमान नेतृत्वले महाधिवेशन गराउने तत्परता नदेखाएको भन्दै संस्थापनइतर पक्षले समानान्तर गतिविधि चलाउँदै आएको थियो । संघको प्रकाशित कार्यतालिकाअनुसार मावि र क्याम्पस अधिवेशन असोज ७, महानगर, उपमहानगर, नगर र गाउँपालिकाको अधिवेशन असोज १२, प्रदेश क्षेत्रको अधिवेशन असोज १५, ७७ जिल्ला र विदेशस्थित सम्पर्क समितिको अधिवेशन असोज २१ गते गर्ने प्रस्ताव छ ।


उपत्यका क्याम्पस अधिवेशन असोज २३, ७ प्रदेशको अधिवेशन कात्तिक १० र ११, केन्द्रीय अध्यक्षबाट महाधिवेशन प्रतिनिधिको मनोनयन कात्तिक १२ गते गर्ने प्रस्ताव छ । महाधिवेशन गराउने पक्षमा संस्थापन इतरपक्षले पनि सहमति जनाएको छ ।


प्रकाशित : भाद्र २३, २०७५ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?