२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

किशोरी बलात्कार र हत्या प्रकरण :  स्वास्थ्य परीक्षणपछि विष्टलाई महेन्द्रनगर ल्याइयो

भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका २, उल्टाखामकि १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा दोषीका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई स्वास्थ्य परीक्षणपछि महेन्द्रनगर ल्याइएको छ ।

किशोरी बलात्कार र हत्या प्रकरण :  स्वास्थ्य परीक्षणपछि विष्टलाई महेन्द्रनगर ल्याइयो

नलाई शुक्रबार सांँझ जहाजबाट धनगढी हुदै महेन्द्रनगर ल्याइएको हो ।


निर्मलाको हत्या भएको २६औं दिन प्रहरीले मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका विष्टलाई १० दिन स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल र पाटन अस्पतालमा राखिएको हो । उनको मानसिक अवस्था ठीक भए/नभएको र यौन उत्तेजना परीक्षण गर्न प्रहरीले जहाजबाटै काठमाण्डौ लगेको हो ।


‘विष्टलाई शुक्रबार सांँझ यहाँं ल्याई पुर्‍याइएको हो,’ डीएसपी कृष्णराज ओझाले भने, ‘स्वास्थ्य परीक्षणको रिपोर्ट पनि आएको छ, अब अदालतमा पेस हुन्छ ।’ उनले रिपोर्ट शिलबन्दी भएकाले जांँच गरिएका विषयको जानकारी हुन नसकेको बताए ।


महेन्द्रनगर पुगेका प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाललाई शुक्रबार भेटेर विष्टका दाइ खडकले भाई निर्दाेष भएको र तत्कालिन अनुसन्धानमा खटिएका प्रहरीले फसाउन खोजेको गुनासो गरेका थिए । उनले प्रहरीले घरबाटै सर्टको टुक्रा लगेर घटनास्थलमा फालेर फर्जी प्रमाण देखाउन खोजेको खनाललाई जानकारी गराएका थिए । स्वास्थ्य परीक्षणका नाममा काठमाण्डौ लगेर चरम यातना दिने काम भएको भन्दै उनको रिहाईका लागि पहल गरिदिनसमेत खडकले आग्रह गरेका थिए ।


विष्टलाई आईतबार जिल्ला अदालतमा पेश गर्ने तयारी भएको डिएसपी ओझाले जानकारी दिए । म्याद थप हुने/नहुने विषयमा भने उनले जानकारी दिएनन् । यसअघि भदौ ४ गते अदालतबाट १० दिनको म्याद लिएर उनलाई थुनामा राखिएको हो । ’अदालतमै स्वास्थ्य परीक्षणको रिपोर्ट पनि पेश गर्छाै’ उनले भने, ‘आइतवार नै म्याद थप हुन सक्छ ।’


उनले शुक्रबार महानिरिक्षक खनालले घटनाको अनुसन्धानमा कुनै कमी कमजोरी हुन नदिन समेत निर्देशन दिएको बताए । चांँडो दोषी पत्ता लागाउने गरि अनुसन्धान अगाडी बढाउन निर्देशन दिएको उनले जानकारी दिए । प्रहरी महानिरिक्षक खनालले पीडित परिवारलाई समेत भेटेर दोषी पत्ता लगाई छाड्ने आश्वासन दिएका थिए । उनले बिहिबार यहांँ पुगे लगत्तै घटनास्थलको पनि निरिक्षण गरेका थिए ।


घटना भएको २६ औं दिन भदौ ४ गते विष्टलाई सार्वजनिक गरिएपछि पीडित परिवार र स्थानीयले मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई फसाउन खोजिएको भन्दै महेन्द्रनगरमा आन्दोलन चर्केको थियो । प्रहरीले वास्तविक अपराधी उम्काउन विष्टलाई फसाएको स्थानीय र पीडित परिवारको आरोप छ ।


भदौ ७ र ८ गते आन्दोलनले उग्र रुप लिदा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको थियो । ८ गते प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका १८ का १३ वर्षिया शनि खुनाको मृत्यु भएको थियो ।


गृह मन्त्रालयले अनुसन्धानमा लापरवाही गर्ने तत्कालिन प्रहरी प्रमुख एसपी डिल्ली विष्टलाई निलम्बनसमेत गरेको थियो । यसैगरि प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडका, डिएसपी ज्ञान बहादुर सेठी र अनुसन्धान अधिकृत एकिन्द्र खडका लगायतलाई पनि केन्द्रमा तानेर नयांँ प्रमुख जिल्ला अधिकारी, एसपी र डिएसपी पठाएको थियो ।


यसैगरि घटनाको छानविनका लागि गृह मन्त्रालयका सहसचिव हरि प्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानविन समिति समेत गठन गरेको थियो ।


नयांँ प्रहरी अधिकारीहरू आएपछि प्रारम्भिक चरणबाट अनुसन्धान सुरु गरी स्थानीयले शंकाको घेरामा राखेका बम दिदी बहिनी रोशनी र बविताको पनि तेस्रो पटक म्याद थप गरिएको छ । भदौ ७ गते पक्राउ गरिएका उनीहरूलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक बिहिबार ५ दिनको म्याद थप गरिएको डिएसपी ओझाले जानकारी दिए ।


रोशनी र बविताको यसअघि नै सरकारी वकिलको कार्यालयमा बयान लिने काम भईसकेको छ ।


घटना लगत्तै तत्कालिन प्रहरी प्रमुख तथा अनुसन्धान टोलीले अनुसन्धानमा लापरवाही संगै प्रमाण मेटाउने काम गरेको राष्ट्रिय मानव अधिकार आयोग र उच्चस्तरीय छानविन समितिले प्रारम्भिक निश्कर्ष निकालेको छ । आयोगले बिहिबार र समितिले शुक्रबार पत्रकार सम्मेलन गरि उक्त निष्कर्ष सार्वजनिक गरेको हो ।


प्रकाशित : भाद्र २३, २०७५ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?