२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याउने तयारी 

कृष्ण थापा

नुवाकोट — अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याउने तयारी भइरहेको छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट रातभर हिडेर आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल पुर्‍याइएको छ । 

हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याउने तयारी 

पोष्टमार्टमका लागि हेलिकप्टरबाट शव काठमाडौं ल्याउने तयारी भइरहेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइने छ ।

गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटना भएको थियाे ।

हेलिकप्टरमा सवार ७ जना मध्ये ६ काे मृत्यु भएको छ । एक जना महिलाकाे जिवितै उद्धार गरिएको थियाे । उनकाे राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रकाशित : भाद्र २४, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?