प्रधानसेनापति थापालाई दर्ज्यानी चिन्ह (तस्बिरहरु)

तस्बिर : कविन अधिकारी

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सेनापति थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।

राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले थापालाई सपथ र दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन।

Yamaha

थापाले साउन २४ देखिकामु प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका थिए ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीकाे कार्यकालभदौ २४ मा सकिए पछि थापाले प्रधानसेनापतिकाे जिम्मेवारी पाएका हुन्।

प्रकाशित : भाद्र २४, २०७५ ११:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चिकित्सकहरुद्वारा मइतीघरमा प्रदर्शन, नयाँ बानेश्वरमा कोणसभा

तस्बिर : कविन अधिकारी

काठमाडौँ — भदौ १ देखि लागू भएका मुलुकी देवानी र अपराध संहिताको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। विभिन्न नारा लेखिएका प्लेकार्ड र एप्रोन लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरु नारा लगाउँदै नयाँ बानेश्वर चोकमा पुगेर कोणसभा गरेका छन् ।

बिरामीको ज्यान बचाउने सफा नियतले आफूले भ्याएसम्म उपचार गर्दा केही अनपेक्षित घटना भए चिकित्सकलाई ज्यानमारासरह व्यवहार गर्ने कानुन संशोधन गर्न माग गर्दै उनीहरूले संगठित विरोध सुरु गरेका हुन् । नेपाल चिकित्सक संघको आह्वानमा उनीहरूले आइतबार नै मेडिकल काउन्सिलमा लाइसेन्ससमेत जम्मा गर्ने घोषणा गरेका छन् । आफ्ना मागप्रति सरकार संवेदनशील नभए शुक्रबारदेखि अनिश्चितकालीन रूपमा स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी संघले दिएको छ ।


प्रकाशित : भाद्र १७, २०७५ १२:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT