३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भारत भ्रमण फलदायी : दाहाल

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चार दिने भारत भ्रमण फलदायी भएको बताएका छन् ।  

भारत भ्रमण फलदायी : दाहाल

आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले भारतमा भएको उच्चस्तरीय भेटघाट तथा छलफलबाट आफ्नो भ्रमण समग्रमा फलदायी भएको बताए ।


नेपालमा विकास र समृद्धि होस भन्ने चाहना भारतीय नेताहरुको देखिएको उनले उल्लेख गरे । दाहालले भ्रमणका बेला प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायतसँग भेट तथा छलफल गरेका थिए ।


चीन र भारत चार सय वर्षअघिसम्म विश्व अर्थतन्त्रमा ५१ प्रतिशत हिस्सा थियो, त्यसयता बिग्रिएर घटेकोले फेरि एसियामा मिलेर अर्थतन्त्र र सभ्यतालाई स्थापित गर्नुपर्छ भन्ने रणनीतिक कुरा चीनका राष्ट्रपतिसँग भएको मोदीले आफूसँग राखेको दाहालले बताए ।


त्यस्तै तराईमा डुबान, विराटनगरको अफिस हटाउने लगायतका विषय समाधान भइरहेको भन्दै अन्य समस्यालाई पनि तत्काल समाधान गर्दै जाने कुराकानी भएको दाहालले बताए । उनले भारतमा एयरपोर्ट देखि नै आफूलाई स्वागत सम्मानमा कुनै कमी नभएको महसुस भएको बताए ।


अध्यक्ष दाहाल फर्कने क्रममा नेकपाका महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ, नेता नारायणकाजी श्रेष्ठ, वामदेव गौतमलगायत नेताहरु विमानस्थल पुगेका थिए ।

प्रकाशित : भाद्र २४, २०७५ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?