१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

किशोरी बलात्कार र हत्या प्रकरण : विष्टलाई ४ दिन थुनामा राख्न म्याद थप

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका २ उलटाखामकि १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले प्रमुख आरोपी दाबी गरिरहेको दिलिपसिंह विष्टलाई थप ४ दिन हिरासतमा राख्न म्याद थपिएको छ । 

किशोरी बलात्कार र हत्या प्रकरण : विष्टलाई ४ दिन थुनामा राख्न म्याद थप

भदौ २२ गतेदेखि लागु हुने गरि आईतबार दोस्रो पटक म्याद थप गरिएको हो ।


जिल्ला अदालतमा न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको बेन्चले म्याद थप गरेको अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । भीमदत्त नगरपालिका १९ बागफांटाका उनलाई थुनामा राख्न यसअघि पहिलो पटक भदौ ४ मा १० दिनको म्याद थप गरिएको थियो । भदौ १२ मा अदालतको अनुमति लिएर विष्टलाई काठमाण्डौ लगिएको थियो ।


जिल्ला प्रहरी कार्यालयले अझै पनि घट्नाको अनुसन्धान भईरहेको बाहेक अन्य जानकारी दिन सकेको छैन । घट्नाको अनुसन्धान अधिकृत समेत तोकिएको डिएसपी कृष्णराज ओझाले विभिन्न कोणबाट अनुसन्धान भईरहेपनि ठोस रुपमा प्रगति हुन नसकेको बताए ।


प्रकाशित : भाद्र २४, २०७५ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?