१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कृष्ण अधिकारी हत्या प्रकरणको फैसला- १३ प्रतिवादी मध्ये १२ लाई सफाई

फरार रहेका एकजनाको हकमा पछि निर्णय हुने
रमेशकुमार पौडेल

चितवन — माअाेवादी सशस्त्र संघर्षका बेलामा चितवन रत्ननगरमा भएकाे गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा आइतबार चितवन जिल्ला अदालतले फैसला सुनाएको छ । १३ प्रतिवादीमध्ये एकजना रूद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर्ने गरी अन्य १२ जनाले सफाइ पाएका छन् । 

कृष्ण अधिकारी हत्या प्रकरणको फैसला- १३ प्रतिवादी मध्ये १२ लाई सफाई

२०६१ साल जेठ २४ मा गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न आएका बेला हत्या भएको थियो । हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो । तर कृष्णका दाजु र बाबुले हत्याका बिरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरी बिरुद्ध कुनै कारवाही भएको थिएन ।


कृष्णका बाबुआमाले अनशन सुरु गरेपछि २०७० साउनबाट चितवन प्रहरीले अनुसन्धान बढाएको थियो । प्रहरीले अनुसन्धान पुरा गरे पनि मुद्दा चल्ने नचल्ने भन्ने विषयमा विवाद उठेको थियो । कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जना बिरुद्ध मुद्दा दायर भएको थियो ।


छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसादको अनशनका क्रममा निधन भएको छ । आमा गंगामायाले भने केही महिना अघि अनशन तोडेकी थिइन् । अनशनका क्रममा निधन भएका कृष्णका नन्दप्रसादको अझै दाहसंस्कार भएको छैन ।


सशस्त्र संघर्षका बेलामा भएको घटनाका विषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगले निर्णय गर्नुपर्नेमा अदालतमा मुद्दा लगेको भन्दै माओवादी पक्षले आपत्ति जनाउँदै आएको छ ।

प्रकाशित : भाद्र २४, २०७५ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?