फुजेल काण्डमा सफाई पाएका छविलाल सोमबार थुना मुक्त हुँदै, दाहाल स्वयं स्वागत गर्न जाने

काठमाडौँ — चितवन जिल्ला अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका १३ प्रतिवादीमध्ये १२ जनाले सफाइ दिएसँगै मुख्य आरोपी मध्येका एक छविलाल पौडेल सोमबार कारागार मुक्त हुने भएका छन् । 

फुजेल काण्डमा सफाई पाएका छविलाल सोमबार थुना मुक्त हुँदै, दाहाल स्वयं स्वागत गर्न जाने

असार २४ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका पौडेललाई लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आफैं जाने भएको पौडेलकी छोरी पम्फा अधिकारीले बताएकी छिन् । 'हामी चितवनबाट काठमाडौं आउँदै छौं,' उनले भनिन्,'भोली उहाँलाई स्वागत गर्न प्रचण्ड नै आउँदै हुनुहुन्छ ।'

अध्यक्ष दाहालको सचिवालय स्रोतकाअनुसार उनी छविलाललाई कारागार मुक्त गरेसँगै डिल्लीबजारमा आयोजित हुने स्वागत कार्यक्रममा सहभागी हुने छन् ।


अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो ।


उनले यही असारमा आत्मसमर्पण गरेसँगै नेकपा अध्यक्ष दाहालले उनी पुर्पक्षका लागि मात्रै कारागार गएको र उनी छिट्टै छुट्ने प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : भाद्र २४, २०७५ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?