प्रहरी निरीक्षक ३० हजार घुससहित पक्राउ

कमल पन्थी

बर्दिया — ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक गणेशसिंह महता सेवाग्राहीबाट ३० हजार घुस लिँदै गरेको अवस्था आइतबार राति ८ बजे पक्राउ परेकाछन् ।

अख्तियार अनुसन्धान दुरुपयोग आयोग कोहलपुर कार्यालयबाट खटिएको टोलीले मुद्दा मिलाई दिने भन्दै रकम लिँदै गरेको अवस्थामा दसीसहित पक्राउ परेका हुन् ।

अख्तियारका सूचना अधिकारी तेजनाथ शर्माले घुस मिलाई दिने सहयोगी बढैयाताल गापाकी मैया पौडेललाई नियन्त्रणमा लिएको हो । यस अघि कालाबजार अन्तर्गत थुनामा रहेका रैदासलाई सुक्रवार राती घर बस्न पठाएको भन्दै जिल्ला प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको प्रहरी उपरिक्षक सुरेन्द्र मैनालीले बताए ।

प्रकाशित : भाद्र २४, २०७५ २१:०७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

फुजेल काण्डमा सफाई पाएका छविलाल सोमबार थुना मुक्त हुँदै, दाहाल स्वयं स्वागत गर्न जाने

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवन जिल्ला अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका १३ प्रतिवादीमध्ये १२ जनाले सफाइ दिएसँगै मुख्य आरोपी मध्येका एक छविलाल पौडेल सोमबार कारागार मुक्त हुने भएका छन् । 

असार २४ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका पौडेललाई लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आफैं जाने भएको पौडेलकी छोरी पम्फा अधिकारीले बताएकी छिन्। 'हामी चितवनबाट काठमाडौं आउँदै छौं,' उनले भनिन्,'भोली उहाँलाई स्वागत गर्न प्रचण्ड नै आउँदै हुनुहुन्छ।'

अध्यक्ष दाहालको सचिवालय स्रोतकाअनुसार उनी छविलाललाई कारागार मुक्त गरेसँगै डिल्लीबजारमा आयोजित हुने स्वागत कार्यक्रममा सहभागी हुने छन्।

अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो।

उनले यही असारमा आत्मसमर्पण गरेसँगै नेकपा अध्यक्ष दाहालले उनी पुर्पक्षका लागि मात्रै कारागार गएको र उनी छिट्टै छुट्ने प्रतिक्रिया दिएका थिए।

प्रकाशित : भाद्र २४, २०७५ २०:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT