१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रहरी निरीक्षक ३० हजार घुससहित पक्राउ

कमल पन्थी

बर्दिया — ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक गणेशसिंह महता सेवाग्राहीबाट ३० हजार घुस लिँदै गरेको अवस्था आइतबार राति ८ बजे पक्राउ परेकाछन् ।

प्रहरी निरीक्षक ३० हजार घुससहित पक्राउ

अख्तियार अनुसन्धान दुरुपयोग आयोग कोहलपुर कार्यालयबाट खटिएको टोलीले मुद्दा मिलाई दिने भन्दै रकम लिँदै गरेको अवस्थामा दसीसहित पक्राउ परेका हुन् ।


अख्तियारका सूचना अधिकारी तेजनाथ शर्माले घुस मिलाई दिने सहयोगी बढैयाताल गापाकी मैया पौडेललाई नियन्त्रणमा लिएको हो । यस अघि कालाबजार अन्तर्गत थुनामा रहेका रैदासलाई सुक्रवार राती घर बस्न पठाएको भन्दै जिल्ला प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको प्रहरी उपरिक्षक सुरेन्द्र मैनालीले बताए ।


प्रकाशित : भाद्र २४, २०७५ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?