१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बिमस्टेक राष्ट्रको संयुक्त अभ्यासमा नेपाली सेना पर्यवेक्षक

थाइल्यान्ड पनि पर्यवेक्षकमात्र

नयाँदिल्ली — भारतको पुनामा सोमबारदेखि सुरु बिमस्टेक राष्ट्रको प्रतिआतंकवादसम्बन्धी संयुक्त सैन्य अभ्यासमा नेपाल पर्यवेक्षकका रूपमा सहभागी हुने भएको छ । ‘माइलेक्स २०१८’ नाम दिइएको उक्त सैन्य अभ्यासमा नेपाली सेनाका तीन जना अधिकृतले पर्यवेक्षकका रूपमा भाग लिनेछन् ।

बिमस्टेक राष्ट्रको संयुक्त अभ्यासमा नेपाली सेना पर्यवेक्षक

यसअघि काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनको उद्घाटन कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुनामा बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास हुने निर्णय भएको सार्वजनिक गरेका थिए । तर, मोदीको उक्त भनाइ बिमस्टेकको भावनाविपरीत भएको र यसअघि त्यस विषयमा कुनै छलफल र चर्चा नभएको भन्दै आलोचित बन्न पुगेको थियो ।


भदौ २५ देखि ३१ सम्म हुने उक्त संयुक्त सैन्य अभ्यासमा ३० सदस्यीय टोली पठाउने तयारी नेपाली सेनाले गरेको थियो । सेनाप्रमुख पूर्णचन्द्र थापा सैन्य अभ्यासको अवलोकन गर्न जाने कार्यक्रमसमेत तय भइसकेको थियो । प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारूढ नेकपाभित्रैबाट चर्को विरोध भएपछि प्रधानमन्त्री केपी ओलीले अन्तिम समयमा आएर त्यसमा सहभागी नहुन नेपाली सेनालाई निर्देशन दिएका थिए ।


सरकारको पछिल्लो निर्णयपछि सेनापति थापा उक्त कार्यक्रममा नजाने भएका छन् । बिमस्टेक सम्मेलनमा सहभागी हुने प्रतिबद्धता जनाएको थाइल्यान्डले समेत अन्तिम समयमा आएर पर्यवेक्षकमात्र पठाउने निर्णय गरेको आइतबार प्रकाशित भारतीय अंग्रेजी दैनिक द टाइम्स अफ इन्डियाले जनाएको छ ।


प्रकाशित : भाद्र २४, २०७५ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?