२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०
समाचार

News

प्रदेशको माग- प्रहरी र प्रशासन तत्काल देऊ

प्रदेश सरकारहरूले आफ्नो क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको भएकाले प्रशासन र प्रहरी आफू मातहत हुनुपर्ने माग गरेका छन् ।

प्रदेशको माग- प्रहरी र प्रशासन तत्काल देऊ

जोशीले नै गरे प्रधानन्यायाधीशलाई स्वागत

संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत न्यायाधीश दीपकराज जोशीले आफू मंगलबारदेखि अदालतमा हाजिर भई दैनिक कामकारबाही थाल्ने बताएका छन् । उनले नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्दै न्यायालयमा जुनियर, सिनियर नहुने अभिव्यक्तिसमेत दिए ।

जोशीले नै गरे प्रधानन्यायाधीशलाई स्वागत

परम्परागत चिकित्सा पद्धति बचाउन आग्रह

विशेषज्ञहरूले परम्परागत चिकित्सा पद्धतिको घाँटी निमोठ्ने गरी नेपाल चिकित्सक संघसँग भएको सहमतिका केही बुँदा खारेज गर्न माग गरेका छन् ।

परम्परागत चिकित्सा पद्धति बचाउन आग्रह

सुन तस्करी र हत्या मुद्दा : अभियुक्तबारे ‘सक्कल मिसिल’ झिकाउन आदेश

सुन तस्करी र हत्या मुद्दाका २६ अभियुक्तबारे जिल्ला अदालतबाट सक्कल मिसिल झिकाउन उच्च अदालतले आइतबार आदेश दिएको छ । यसअघि मुद्दा प्रक्रिया चल्दाको विस्तृत विवरण ‘कैफियत प्रतिवेदन’ अदालतमा पेस भइसकेको छ ।

सुन तस्करी र हत्या मुद्दा : अभियुक्तबारे ‘सक्कल मिसिल’ झिकाउन आदेश

इराकमा बेचिएका नेपाली चेलीहरुको यसरी गरियो उद्धार

विदेशमा चरम यातना खेप्दै आएका तीनजना नेपाली चेलीहरुको सकुशल उद्धार भएको छ । पैसा कमाउन विदेशी भूमिमा पुगेका उनीहरुले नसोचेको यातना खेप्दै आएका थिए ।

इराकमा बेचिएका नेपाली चेलीहरुको यसरी गरियो उद्धार

किशोरी हत्या प्रकरण : छानबिन समिति सदस्यद्वारा राजीनामा

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् । 

किशोरी हत्या प्रकरण : छानबिन समिति सदस्यद्वारा राजीनामा

१० किलो सुनसहित दुई जना प्रकाउ

प्रहरीले अवैध १० किलाे सुनसहित चुमनुव्री गाउँपालिका–३ सिर्दिवास फिलिमबाट चुमनुव्री–७ छेक्म्पारका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डन्डुप लामा र २८ वर्षीय लोप्चन तेन्वेलाई पक्राउ गरेकाे छ।

१० किलो सुनसहित दुई जना प्रकाउ

टिप्पणी : दाहालको ‘दिल्ली दिल्लगी’ 

पूर्व प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनस्तरले बुझ्ने भाषामा दिल्ली पुगेर दुई कुरा गरेका छन् । १. सगरमाथाबाट मिनिरल वाटर निकाल्ने, २. पूरक बजेट ल्याएर भएपनि बृद्ध भत्ता बाड्ने ।

टिप्पणी : दाहालको ‘दिल्ली दिल्लगी’ 

प्रधानमन्त्री असन्तुष्ट, प्रदेश परिषद् अनिश्चित

केन्द्र सरकार र प्रदेशबीचका असमझदारी निरूपण गर्ने थलोका रूपमा संविधानले व्यवस्था गरेको ‘अन्तर प्रदेश परिषद्’ अनिश्चित बनेको छ । प्रधानमन्त्री केपी ओलीले पहिलो पटक आइतबार बस्ने गरी बोलाएको परिषद् बैठक अनिश्चितकालका लागि सारेका हुन् ।

प्रधानमन्त्री असन्तुष्ट, प्रदेश परिषद् अनिश्चित

कानुन पढ्दै आमा–छोरा

घरव्यवहार र घरेलु हिंसाको मारले रोकिएको पढाइ १४ वर्षपछि सुरु ३४ वर्षीया कमला रेग्मीले ०६१ मा एसएलसी पास गरेकी हुन् । उच्च शिक्षा अध्ययनका लागि उनी सोही वर्ष अमरज्योति मावि भर्ना भइन् । तर, घरव्यवहार र घरेलु हिंसाको मारले पढाइ अधुरै रह्यो ।

कानुन पढ्दै आमा–छोरा

अल्टिच्युड हेलिकप्टर दुर्घटना: छानबिन गर्न समिति

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पाइलटसहित ६ जनाको शव आइतबार राजधानी ल्याइएको छ । अल्टिच्युडका निर्देशक सीताराम सापकोटाका अनुसार दुर्घटनास्थल नुवाकोटको बुर्सङचेतबाट नेपाली सेना, प्रहरी, उद्धारकर्ताहरूले शनिबार राति नै शव बोकेर सडकसम्म पुर्‍याएका थिए ।

अल्टिच्युड हेलिकप्टर दुर्घटना: छानबिन गर्न समिति

गाउँपालिकाविरुद्ध जनप्रतिनिधि नै आन्दोलित

कचनकवल गाउँपालिकाका जनप्रतिनिधि गाउँपालिकाविरुद्ध आन्दोलित भएका छन् । उनीहरूले गाउँसभा बहिष्कारदेखि तालाबन्दीसमेत गरेका छन् । गाउँपालिका अध्यक्ष अन्जार आलमले एकलौटी ढंगले गाउँसभा गर्न लागेको भन्दै जनप्रतिनिधि आन्दोलित बनेका हुन् ।

गाउँपालिकाविरुद्ध जनप्रतिनिधि नै आन्दोलित

ढुवानी समस्याले औषधि अभाव

ढुवानी समस्याले जिल्लामा औषधि अभाव भएको छ । सरकारी स्वास्थ्यचौकी र निजी मेडिकलमा औषधि अभाव भएपछि बिरामीको उपचार प्रभावित भएको छ । औषधि अभावका कारण बिरामी उपचारका लागि बाहिर जान बाध्य छन् ।

ढुवानी समस्याले औषधि अभाव

अक्षर चिन्दै उपप्रमुख

टेबुलमा छरिएका अखबारका पानामा उनी घोत्लिएकी छन् । आलोपालो पत्रिकाका पाना पल्टाउँदै खबर बुझ्ने प्रयास गर्छिन् । अक्षर चिन्न हरेक बिहान पत्रपत्रिका पढ्नु उनको दैनिकी भइसक्यो ।

अक्षर चिन्दै उपप्रमुख

कृत्रिम खुट्टाले खुसी दियो

खुट्टा गुमाएर निराश बनेका मुलुकभरका ६२ जनाको ओठमा मुस्कान छाएको छ । खर्च गरेर कृत्रिम खुट्टा जोड्न नसक्ने उनीहरू नि:शुल्क मिल्ने खबरले उनीहरू हौसिएका छन् । यहाँ आएर उनीहरूले खुट्टाको नापो पनि प्राविधिकलाई दिइसकेका छन् ।

कृत्रिम खुट्टाले खुसी दियो

‘बीपी प्रतिष्ठान उत्कृष्ट’

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्पादन गरेको चिकित्सक नेपाल र भारतमा मात्र नभएर संसारमै उत्कृष्ट मानिएको बताएका छन् ।

‘बीपी प्रतिष्ठान उत्कृष्ट’

अँध्यारामै अस्पताल

सानीभेरी गाउँपालिकाकी कमला क्षेत्री जिल्ला अस्पतालको बेड नं ६ मा १० दिन बसिन् । छोराको उपचारका लागि बसेकी उनले हरेक दिन एकदेखि डेढ घण्टा अँध्यारामा बस्नुपथ्र्यो । बाँफिकोट गाउँपालिकाकी डिलमाया ओलीले १ नम्बर बेडमा ३ रात काटिन् ।

अँध्यारामै अस्पताल

पटक–पटक किन डुब्छ डुंगा ?

काठमाडौंबाट ०७३ साउन २३ मा पोखरा घुम्न आएका ७ जना सवार डुंगा फेवातालमा पल्टिँदा प्रतीक श्रेष्ठ र एलिन केसीको मृत्यु भएको थियो । बिनालाइफ ज्याकेट डुंगा चढेका उनीहरूलाई हावाहुरीले हुत्यायो ।

पटक–पटक किन डुब्छ डुंगा ?

कांग्रेसमा अहिल्यैदेखि नेतृत्व दौड

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल ५ दिनसम्म गृहजिल्लामा कार्यक्रम गरेर शुक्रबार राजधानी फर्के । महामन्त्री शशांक कोइराला तीन दिनदेखि प्रदेश ५ मा केन्द्रित छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह शनिबारदेखि कर्णाली प्रदेशमा दौडधुप गरिरहेका छन् ।

कांग्रेसमा अहिल्यैदेखि नेतृत्व दौड

प्रधानन्यायाधीशमा मिश्र अनुमाेदन

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन भएको छ । संसदीय सुनुवाईपछि मिश्रको नाममा सबै सदस्यहरु अनुमोदन गर्न सहमत भएका हुन् । उनी पुस १७ गतेसम्म प्रधानन्यायाधीश हुनेछन् । राष्ट्रपतिबाट सपथ लिएपछि उनले औपचारिक रुपमा पदबहाली गर्नेछन् ।

प्रधानन्यायाधीशमा मिश्र अनुमाेदन