एकता हुन नदिने प्रवृति नै अन्तरघात : देउवा

रासस

नेपालगञ्ज — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् ।

एकता हुन नदिने प्रवृति नै अन्तरघात : देउवा

जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा साेमबार नेपालगञ्जमा आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तक्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् ।


'बिपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको छ, अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ, स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ, म अब चुप लागेर बस्दिन । यस्ता प्रवृति भएका कार्यकर्तामाथि निष्कासनसम्मको कारवाही हुन्छ ।' उनले भने, ‘हामी अरुका कारणले चुनाव हारेका होइन, आफ्नै कारणले हारेका हौँ । आफ्नाले नै दुश्मन देख्ने प्रवृति हारको कारण बन्यो ।'


सरकार मुलुकका सबैखाले संरचना भत्काउने षडयन्त्रमा लागेको आरोप लगाउँदै उनले लोकतान्त्रिक पद्दतिको बाटो बिराउदै जानेको आयु छोटो हुने भन्ने कुरा सरकार सञ्चालनकर्ताले बुझ्नुपर्ने उनले बताए । नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले आयोजना गरेको कार्यक्रमका सहभागिलाई महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा रामशरण महत लगायतका नेताले प्रशिक्षण दिने जनाइएकाे छ ।

प्रकाशित : भाद्र २५, २०७५ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?