कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चिकित्सकहरुको मंगलबार देखी गर्ने भनिएको आन्दोलन स्थगित

अतुल मिश्र

काठमाडौँ — नेपाल चिकित्सक संघले मंगलबार (भदौ २६ गते)देखि घोषणा गरेका आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरेको छ ।

चिकित्सकहरुको मंगलबार देखी गर्ने भनिएको आन्दोलन स्थगित

संघले यस अघि सोमबार(भदौ २५ गते) सम्म मुलुकी अपराध संहितामा आफूहरुसँग भएको सहमति अनुसारको संसोधन प्रस्ताव संसदमा दर्ता नभए मंगलबार देखी माग पुरा नभएसम्मको लागि देशभरका स्वास्थ्य निकायमा आकस्मिक बाहेकको सेवा बन्द गर्ने घोषणा गरेको थियो ।


चिकित्सक संघले सोमबार साँझ विज्ञप्ती जारी गर्दै पूर्व घोषित आन्दोलन स्थगन गरेको हो ।


संघको अनुसार स्वास्थ्य मन्त्रालयले सरकार, स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल र चिकित्सक संघबीच मुलुकी अपराध संहिताको इलाज सम्बन्धी कसूर लगायत स्वास्थ्यकर्मी सुरक्षाका सवालमा भएको साझा सहमति अनुसार संशोधन प्रक्रिया अघि बढी सकेको जनाएको ले आन्दोलन स्थगित गरिएको हो ।


स्वास्थ्य मन्त्रालयबाट भएको प्रतिबद्धता अनुसार छिट्टै ऐन संशोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत संघले दिएको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै चिकित्सक सघसँग भएको साझा सहमति अनुसार संसोधन प्रकृया अगाडी बढिसकेको जनाएको छ ।


प्रकाशित : भाद्र २५, २०७५ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?