१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पत्रकारलाई हत्कडी

ललितपुर — प्रहरीले ललितपुरबाट प्रकाशित हुने ‘खोजतलास’ साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई समाचार साभार गरी अनलाइनमा प्रकाशित गरेको आरोपमा हत्कडी लगाएर पक्राउ गरेको छ ।

पत्रकारलाई हत्कडी

प्रहरीले बस्नेतलाई सोमबार गोदावरी नगरपालिका–१२, ठेचोबाट पक्राउ गरी बयानका लागि सरकारी वकिलको कार्यालयमा लगेको हो ।

बस्नेतले दृष्टि साप्ताहिकमा भदौ १९ मा ‘हरिसिद्धिको जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सासदहरूकै दबाब’ शीर्षकमा प्रकाशित समाचार शीर्षक परिवर्तन गरेर आफ्नो पत्रिकामा भदौ २१ मा छाप्नुका साथै अनलाइनमा समेत प्रकाशित गरेका थिए ।

बस्नेतले ‘जनप्रतिनिधि कि जग्गा दलाल ?’ शीर्षक र ‘जनताको समस्या छोडेर ध्यानजति पैसातर्फ मात्रै’ उपशीर्षक राखेका थिए । बस्नेतले समाचारको अन्तिममा दृष्टि अनलाइनबाट साभार गरिएको उल्लेख गरेका छन् ।

समाचार ललितपुर महानगर–२७ स्थित हरिसिद्धि इँटा टायल कारखानाको जग्गा भूमाफिया र जनप्रतिनिधि मिलेर बिक्री गर्न लागेको बारेमा छ । दुवै पत्रिकामा सांसद पम्फा भुसाल र राजकाजी महर्जनको फोटो राखिएको थियो ।

अनलाइनमा प्रकाशित समाचारलाई लिएर नेकपानिकट सुशील खनालले सांसद भुसाललगायतलाई बदनाम गरेकाले कारबाही माग गर्दै जिल्ला अदालतमा जाहेरी दिएका थिए । अदालतको आदेशमा प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दामा अनुसन्धान सिलसिलामा बस्नेतलाई आइतबार पक्राउ गरेको हो ।

बस्नेतको पक्राउप्रति पत्रकार महासंघले भत्र्सना गरेको छ । ‘बस्नेतलाई समाचारको विषयलाई लिएर विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान गर्न भनी प्रहरीले पक्राउ गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, בसमाचारका विषयमा उठेका वा परेका उजुरी हेर्ने अधिकार प्रेस काउन्सिलको हो । यसलाई बेवास्ता गर्दै प्रहरीले पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’

महासंघले पक्राउ परेका पत्रकार बस्नेतलाई ससम्मान रिहा गरी प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न माग गरेको छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?