२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कांग्रेस नेताहरुको दौडाहा विदेशमा पनि !

भदौ ३० बाट पौडेलको दश दिने युरोप अभियान 

काठमाडौं — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको जनसम्पर्क समितिले आयोजना गरेका कार्यक्रममा भाग लिन १० दिने युरोप भ्रमणमा निस्कने भएका छन् । 

कांग्रेस नेताहरुको दौडाहा विदेशमा पनि !

विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि चुनिने भएकाले जिल्ला दौडाहसँगै नेताहरुको विदेश जाने क्रम समेत बाक्लिन थालेको छ । १४ औं महाधिवेशनलाई केन्द्रमा राखेर जनसम्पर्क समितिलाई आ–आफ्नो पक्षमा तान्ने कसरत सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल पक्षले गर्दै आएका छन् ।

युरोपमा संस्थापन र वरिष्ठ नेता पौडेल पक्ष निकट रहेका छुट्टाछुट्टै क्षेत्रीय संस्था समेत सञ्चालनमा छन् । युरोपभरीका जनसम्पर्क समितिका गतिविधिलाई समन्वय गर्न युरोप कांग्रेस र अन्तर्राष्ट्रिय समन्वय समिति गरी दुई छुट्टाछुट्टै समिति सञ्चालनमा आएका छन् । युरोप कांग्रेसलाई संस्थापन र समन्वय समितिलाई पौडेल पक्षको साथ रहँदै आएको छ ।


पौडेलले युरोपका ८ देशमा जनसम्पर्क समिति र पार्टीको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्न भदौ २९ अर्थात् सेप्टेम्बर १४ मा बेल्जियम जाने भएका छन् । उनको पहिलो कार्यक्रम सेप्टेम्बर १५ मा लग्जम्बर्गमा छ । जनसम्पर्क समिति लग्जम्बर्गको अधिवेशनको उद्घाटन कार्यक्रममा सकेर पौडेल बेल्जियम फर्कने छन् ।


बेल्जियममा सेप्टेम्बर १७ मा हुने अन्तरक्रिया कार्यक्रममा सहभागि हुनेछन् । १०५ औं बीपी जन्म जयन्तिका अवसरमा जनसम्पर्क समिति बेल्जियमले ‘वर्तमान परिप्रेक्षमा लोकतान्त्रिक समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।


सबैभन्दा बढी नेपाली रहेको बेल्जियम नेताहरुको केन्द्र समेत बन्ने गरेको छ । जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाका अनुसार बेल्जियमको कार्यक्रम सम्पन्न भएपछि पौडेल फ्रान्स, पोर्चुगल, स्पेन, स्वीजरल्याण्ड, जर्मनी र नेदरल्याण्डको कार्यक्रममा सहभागि हुनेछन् । उनी २६ सेप्टम्बर मात्रै नेपाल फर्कने छन् ।

प्रकाशित : भाद्र २६, २०७५ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?