१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७
समाचार

News

किशोरी बलात्कार र हत्या प्रकरण- प्रमाण लुकाउनेमाथि नै अनुसन्धान हुनुपर्छ : कानुनविद्

निर्मला पन्त हत्यापछि प्रमाण नष्ट गर्न संलग्न हुनेहरूमाथि नै अबको अनुसन्धान केन्द्रित हुनुपर्ने कानुनविद्हरूले बताएका छन् । 

किशोरी बलात्कार र हत्या प्रकरण- प्रमाण लुकाउनेमाथि नै अनुसन्धान हुनुपर्छ : कानुनविद्

नेकपा सचिवालय बैठक- एकीकरणका थप मापदण्ड बनाइने

पूर्वएमाले र पूर्वमाओवादीका तल्ला कमिटी एकीकरण टुंग्याउन गठित कार्यदलले पेस गरेका प्रतिवेदन विवादित भएपछि नेकपाले थप मापदण्ड बनाउने भएको छ । सचिवालयको बुधबारबाट सुरु बैठकमा मापदण्ड तय गर्ने विषयमा छलफल भएको छ । 

नेकपा सचिवालय बैठक- एकीकरणका थप मापदण्ड बनाइने

बन्दरगाहको नाका खुल्यो, बाटो छैन

चीनले ओलाङचुङगोलालाई समुद्री बन्दरगाहसम्म पुग्ने नाकाको रूपमा खुलाए पनि त्यहाँसम्म पुग्ने सडक अव्यवस्थित छ । ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि चीनको तिब्बतसँग सिमाना जोड्ने सडक निर्माणको काम १२ वर्षमा बल्ल ४४ किलोमिटर हुँदै छ ।

बन्दरगाहको नाका खुल्यो, बाटो छैन

म्याग्दी र कालीगण्डकीमा बाढी, सतर्क रहन आग्रह

धौलागिरी हिमालफेदी क्षेत्रमा परेको भिषण वर्षापछि म्याग्दी खोला र राघुगंगामा पानीको सतह तिब्र रुपमा बढ्दै गएको छ । म्याग्दी र रहुगंगा खोलाको बाढी मिसिएपछि कालीगण्डकी नदीमा पनि पानीको बहाव डर लाग्दो किसिमले बढेको छ ।

म्याग्दी र कालीगण्डकीमा बाढी, सतर्क रहन आग्रह

मन्दिरको चापाकलमा पानी पिउँदा दलितलाई कुटपिट, एकको अवस्था गम्भीर

त्रिभुवन राजमार्गसँगै जोडिएको बाराको परवानीपुर गाउँपालिकामा गत आइतबार मन्दिर परिसरमा रहेको चापाकलमा एक दलित बालकले पानी खाएको विषयमा कुटपिट गरिएको छ ।घाइतेको वीरगन्ज महानगरपालिका–१४ स्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।  

मन्दिरको चापाकलमा पानी पिउँदा दलितलाई कुटपिट, एकको अवस्था गम्भीर

कञ्चनपुरमा १० वर्षीया बालिका बलात्कृत, आरोपी प्रहरी हिरासतमा

१३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषी डेढ महिनाभन्दा बढी समयसम्म पनि पत्ता नलागेको समयमा कञ्चनपुरमै फेरी अर्की बालिका बलात्कृत भएकी छिन् ।

कञ्चनपुरमा १० वर्षीया बालिका बलात्कृत, आरोपी प्रहरी हिरासतमा

दृष्टिका सम्पादक श्रेष्ठसँग बयान (अपडेट)

नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर ललितपुरले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई बुधबार प्रहरी कार्यालयमा बोलाएर बयान लिएको छ । 

दृष्टिका सम्पादक श्रेष्ठसँग बयान (अपडेट)

घुस सहित प्रहरी नायब निरीक्षक पक्राउ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले ५ हजार घुस सहित इलाका प्रहरी कार्यालय रामगोपालपुर  महोत्तरीका प्रहरी नायब निरीक्षकलाई पक्राउ गरेको छ ।

घुस सहित प्रहरी नायब निरीक्षक पक्राउ 

किशोरी हत्या प्रकरण: तीजको दिन कालो पहिरन लगाएर महिलाहरु विरोधमा

तीजको दिन नेपाली महिलाहरु रातो पहिरन, चुरा र पोतेमा सजिन्छन् । हिन्दु नारीहरु धुमधामका साथ रमाइलो गरेर तीज मनाइरहेका छन् । तर कञ्चनपुरका महिलाहरु भने कालो पहिरनका साथ विरोधमा उत्रेका छन् ।

किशोरी हत्या प्रकरण: तीजको दिन कालो पहिरन लगाएर महिलाहरु विरोधमा

किशोरी हत्या छानबिन प्रकरण : राजीनामा दिएका उपसचिव केसी पुनः समितिमा फर्किए

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी पुनः समितिमा फर्किएका छन् । 

किशोरी हत्या छानबिन प्रकरण : राजीनामा दिएका उपसचिव केसी पुनः समितिमा फर्किए

पूर्वमा भूकम्पको धक्का महसुस

धनकुटालगायत पूर्वका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान १० बजेर ३५ मिनेटमा ६ दशमलव १ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे ।

पूर्वमा भूकम्पको धक्का महसुस

पहिरो सकस : जताततै सडक अवरुद्ध

केही दिनयताको वर्षाका कारण पहिरो खस्दा विभिन्न जिल्लामा सडक अवरुद्ध बनेको छ । कतै माथिबाट खसेको पहिरो र कतै सडकै भासिँदा यातायात सञ्चालन हुन सकेको छैन । यसले गर्दा यात्रु गन्तव्य पुग्न पाएका छैनन् ।

पहिरो सकस : जताततै सडक अवरुद्ध

स्याउ बगैंंचामा रम्छन् पर्यटक

मानसरोवर कैलाश दर्शन गरेर फर्केका एक हुल भारतीय तीर्थयात्री आफू बसेको होटलपछाडि स्याउका बोट देखेपछि रमाउँदै बगैंचा पसे । स्याउ बगैंचामा पसेर उनीहरूले झन्डै एक घण्टा फोटो खिचे र आवश्यकताअनुसार स्याउ किनेर लगे ।

स्याउ बगैंंचामा रम्छन् पर्यटक

बलात्कार आरोप लगाउने डर देखाएर ५ लाख ठगी

मायालुले आफ्नो प्रेमीलाई फोन गरेर भेट्न बोलाउँछिन् । प्रेमी तुरुन्तै पुग्छन् । होटलको कोठा पहिल्यै बुक गरिएको रहेछ । दुवै कोठाभित्र पस्छन् । भलाकुसारी सुरु हुनासाथ दुई प्रहरी पनि कोठामा छिर्छन् ।

बलात्कार आरोप लगाउने डर देखाएर ५ लाख ठगी

२ छोरालाई झुन्ड्याएर आत्महत्या

बुढीगंगा गाउँपालिका २ अमाहीमा एक महिलाले नाबालक दुई छोरालाई झुन्ड्याएर आत्महत्या गरेकी छन् । डोरी चुँडिएर एक छोरा भने बाँच्न सफल भएका छन् ।

२ छोरालाई झुन्ड्याएर आत्महत्या

कतारले दिन्छ ३० रियाल, कामदारको हातमा ६ रियाल

कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याए पनि उनीहरूको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ । कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा ३० रियाल ज्याला छुट्याइएको हो ।

कतारले दिन्छ ३० रियाल, कामदारको हातमा ६ रियाल

जोशीलाई इजलास नदिइने

सर्वोच्च अदालतले वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई तत्काल इजलास नतोक्ने भएको छ । स्रोतका अनुसार इजलास नतोकिएका कारण जोशी मंगलबार हाजिर भएर फर्किएका थिए ।

जोशीलाई इजलास नदिइने

एउटा फसे सबै पछिपछि...

चौंरीलाई खर्क लगेर त्यत्तिकै छाडिदिए हुन्छ । यत्ति हो– जंगली जनावरले आक्रमण गर्ला कि भन्ने ध्यान मात्रै दिए पुग्छ । तर, खर्कमा चरनका लागि लगिने भेडीगोठ हेर्न भने उति सजिलो छैन । भेडा लस्करका अघि र पछि दुवैतिर गोठालो लाग्नैपर्छ ।

एउटा फसे सबै पछिपछि...

तीन डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका ३ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

तीन डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

रुकुमकोटमा कमलको अचार

रुकुम ५२ पोखरी ५३ टाकुरीका नामले चिनिन्छ । दह नै दह । दहमा फुल्ने कमल । आजभोलि कमलका जरा निकाल्न ठेक्का लाग्न थालेको छ । नेपालगन्जका टेकबहादुर विष्टलाई सिस्ने गाउँपालिका रुकुमकोटमा खाएको अचार स्वादिलो लाग्यो ।

रुकुमकोटमा कमलको अचार

सार्वजनिक पदाधिकारीका विवरण गोप्य नरहने

सार्वजनिक पद धारण गरेका व्यक्तिको वैयक्तिक विवरण गोप्य नहुने भएको छ । संसदको राज्य व्यवस्था समितिले सार्वजनिक पदमा आसीन व्यक्तिको परिभाषासमेत खुलाएर ती व्यक्तिको व्यक्तिगत विवरण खुला हुने सहमति गरेको हो ।

सार्वजनिक पदाधिकारीका विवरण गोप्य नरहने

फेसबुकमा गालीगलौज आरोपमा कलाकार पक्राउ

फेसबुकमा कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई गालीगलौज गरेको आरोपमा प्रहरीले कलाकार एवं चलचित्र निर्देशक देशभक्त खनाललाई पक्राउ गरेको छ ।

फेसबुकमा गालीगलौज आरोपमा कलाकार पक्राउ

बिमस्टेक सैन्य अभ्यास : नेपाल र थाइल्यान्ड पर्यवेक्षक

भारतको पुनेमा सोमबार शुरु विमस्टेक सैन्य अभ्यासमा नेपाल र थाइल्याण्ड पर्यवेक्षकका रुपमा सहभागी भएका छन् । अर्ध सहरी क्षेत्रमा प्रतिआतंकवादविरुद्धको तयारीका लागि आयोजना गरिएको ‘माइलेक्स–२०१८’ संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका ३ अधिकृत पर्यवेक्षकका रूपमा मात्र सहभागी भएका हुन् ।

बिमस्टेक सैन्य अभ्यास : नेपाल र थाइल्यान्ड पर्यवेक्षक

चुरे फाँड्दै सडक

धरान–गाईघाट–सिन्धुली–हेटौंडा सडक बनाउने क्रममा चुरे र महाभारत क्षेत्रका १२ हजारभन्दा बढी ठूला रूख काटिइसकेका छन् । झापादेखि डडेलधुरासम्म १२ सय किमि पूर्वपश्चिम मदन भण्डारी लोकमार्ग निर्माण गर्ने सरकारको निर्णयअनुसार यसै वर्षदेखि काम थालिएको हो ।

चुरे फाँड्दै सडक