पूर्वमा भूकम्पको धक्का महसुस

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटालगायत पूर्वका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान १० बजेर ३५ मिनेटमा ६ दशमलव १ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे ।

भूकम्पकाे केन्द्रबिन्दु भारतकाे अासाम बनगाई गाँउ अासपास रहेकाे राष्ट्रिय भूकम्पमापन केन्द्रका सिस्माेलाेजिष्ट भरत काेइरालाले बताए ।

Yamaha

पूर्वका धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ्ग, सुनसरी लगायतका जिल्लामाधक्का महसुस गरिएको थियो।भूकम्पबाट कुनै क्षतिको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।


Esewa Pasal

प्रकाशित : भाद्र २७, २०७५ ११:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

हत्या आरोपमा दुई पक्राउ 

प्रदीप मेन्याङ्बो

सुनसरी — पाँचदिन अघि हत्या गरेर कोशी नदीमा फालिएका बराहक्षेत्र नगरपालिका–६ बस्ने सुविन्द्र माझीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा बराहक्षेत्र–६ बस्ने २१ वर्षीय शक्तिराम तामाङ र मोरङको कानेपोखरी गाँउपालिका–५ बस्ने २१ वर्षीय शरण तामाङ छन् । गत शनिबार बेलुकी बराहक्षेत्र–६ जव्दीस्थित कोशी नदीको ३ नम्बर स्परमा २४ वर्षीय माझीको टाउको, छाती र पेटमा भाला प्रहार गरेर विभत्स हत्या पछि कोशीमा फालिएको थियो ।

स्थानीय गोठालाहरुले भोलिपल्ट बिहान पानीमुनि मानिस डुबेको अवस्थामा रहेको जानकारी प्रहरीलाई दिएपछि माझीको शव निकालिएको थियो । शव हेर्दा विभत्स हत्या गरेको र कोशी किनारमा माझीको मोबाइल, चप्पल फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

मृतक माझी र तामाङद्वयबीचको मोबाइल सम्पर्कका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले पहिले शक्तिलाई गाँउबाटै पक्राउ गरेको थियो । उनले दिएको सूचनाका आधारमा कानेपोखरीबाट शरणलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०७५ १०:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT