३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

किशोरी हत्या छानबिन प्रकरण : राजीनामा दिएका उपसचिव केसी पुनः समितिमा फर्किए

काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी पुनः समितिमा फर्किएका छन् । 

किशोरी हत्या छानबिन प्रकरण : राजीनामा दिएका उपसचिव केसी पुनः समितिमा फर्किए

समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले बधुबार प्रेस विज्ञाप्ति जारी गर्दै काममा फर्कने बताएका हुन् ।

उनले बुधबार छानबिन समितिका संयोजकसहित भएको छलफलबाट वास्तविक दाेषी पत्ता लगाउने सम्बन्धी मन्त्रालय र आफ्नो उद्देश्यमा एक मत भएकाले पुन: छानबिन कार्यमा फर्कने निर्णय गरेको जनाएका छन् ।

गृह मन्त्रालयले भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिमा सदस्य रहेका उपसचिव केसीले साेमबार राजधानीमा पत्रकार सम्मेलन गरी 'जघन्य अपराधको विरुद्धमा उभिई निर्मलाको आत्मालाई र निजको परिवारलाई समितिको सदस्यका रूपमा न्याय दिन असम्भव देखेकाे' र 'शक्तिशाली अपराधीबाट जुनसुकै समयमा हत्या गर्न सक्ने प्रबल सम्भावना रहेकाे' भन्दै राजीनामा गरेका थिए ।

याे पनि पढ्नुहाेस् : किशोरी बलात्कार–हत्या छानबिन: समिति सदस्यद्वारा राजीनामा, ज्यानको सुरक्षा माग

प्रकाशित : भाद्र २७, २०७५ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?