काठमाडौँ — मंगलबार रातीदेखि इस्लामिक नयाँ वर्ष हिजरी सम्बत् १४४० सुरु भएको छ ।
मंगलबार मग्रीबको नमाज (सूर्यास्तपछिको प्रार्थना) पछि नयाँ वर्ष हिजरी सम्बत् १४४० को पहिलो महिना मोहर्ररम सुरु भएको हो । बुधबार मोहर्ररमको पहिलो तारिख हो ।
इस्लाम धर्मका सबै चाड पर्व हिजरी सम्बत् अर्थात् हिजरी पात्रो अनुसार नै तय हुन्छन् । नयाँ वर्षको खुसियालीमा नेपालमा पनि विगत केही वर्षदेखि विभिन्न कार्यक्रम गर्ने गरिएको छ । धार्मिक, साँस्कृतिक र सामाजिक कार्यक्रम गरी नयाँ वर्ष स्वागत गरिन्छ ।
हिजरी पात्रोको नवौँ ‘रमजानल मुबारक’ महिनामा मुसलमानले एक महिना ब्रत बस्छन् र ३० दिनपछि इद–उल–फित्र मनाउँछन् । यस्तै, १२ औँ ‘जिलहिज्जा’ महिनामा धनाढ्य र सक्षम मुसलमान हज (तीर्थ) गर्न साउदी अरबको मक्का र मदिना जान्छन् । यही पात्रो अनुसार इद–उल–अजहा अर्थात बकर इद मनाईन्छ । प्रकाशित : भाद्र २७, २०७५ १४:४२
ढाका — साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीचको पहिलो हाफमा माल्दिभ्स १-० ले अगाडि रहेको छ । बुधबार अपरान्ह नेापली समयअनुसार ३ बजेर ४५ मिनेटमा ढाकाको बंगबन्धु रंगशालमा सुरु भएको खेलमा माल्दिभ्सले ९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो भने ८३ र ८६ औं मिनेटमा इब्राहिम हसनले २ गोल गरे ।
खेलको २७ औं मिनेटमा पानीसागै चट्याङ परेपछि केहीसमयलाई खेल रोकिएको थियो। पानी र चट्याङ रोकिएपछि स्थानीय समयअनुसार ५ बजे खेल सुरु भएको थियो।
नेपालले गोल गर्ने केही मौका पाएपनि बलले सही दिशा लिन सकेन। खेलको ३० औं मिनेटपछि नेपालले खेल आफ्नो पक्षमा पारे पनि गोल भने गर्न सकेन।
नेपालले फुटबलमा सेमिफाइनल खेल्न लागेको यो चौथोपटक हो। सार्क गोल्डकपसहित यो पाँचौं सेमिफाइनल हुनेछ। तर अहिलेसम्म नेपाल फाइनलमा पुग्न सकेको छैन।
नेपाल र माल्दिभ्स फुटबलको मैदानमा पुराना प्रतिद्वन्द्वी हुन्। सन् १९८४ मा भएको पहिलो खेल यता नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १५ खेल भएको छ। जसमा नेपाल ४ खेलमा विजयी रहेको छ। यस्तै ४ खेलमा बराबरी गरेको छ भने ७ खेलमा पराजित भएको छ। साफ च्याम्पियनसिपको इतिहासमा भने नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन।