१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हिजरी सम्बत् १४४० सुरु

काठमाडौँ — मंगलबार रातीदेखि इस्लामिक नयाँ वर्ष हिजरी सम्बत् १४४० सुरु भएको छ ।

हिजरी सम्बत् १४४० सुरु

मंगलबार मग्रीबको नमाज (सूर्यास्तपछिको प्रार्थना) पछि नयाँ वर्ष हिजरी सम्बत् १४४० को पहिलो महिना मोहर्ररम सुरु भएको हो । बुधबार मोहर्ररमको पहिलो तारिख हो ।


इस्लाम धर्मका सबै चाड पर्व हिजरी सम्बत् अर्थात् हिजरी पात्रो अनुसार नै तय हुन्छन् । नयाँ वर्षको खुसियालीमा नेपालमा पनि विगत केही वर्षदेखि विभिन्न कार्यक्रम गर्ने गरिएको छ । धार्मिक, साँस्कृतिक र सामाजिक कार्यक्रम गरी नयाँ वर्ष स्वागत गरिन्छ ।


हिजरी पात्रोको नवौँ ‘रमजानल मुबारक’ महिनामा मुसलमानले एक महिना ब्रत बस्छन् र ३० दिनपछि इद–उल–फित्र मनाउँछन् । यस्तै, १२ औँ ‘जिलहिज्जा’ महिनामा धनाढ्य र सक्षम मुसलमान हज (तीर्थ) गर्न साउदी अरबको मक्का र मदिना जान्छन् । यही पात्रो अनुसार इद–उल–अजहा अर्थात बकर इद मनाईन्छ ।

प्रकाशित : भाद्र २७, २०७५ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?