३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

घुस सहित प्रहरी नायब निरीक्षक पक्राउ 

सन्तोष सिंह

जनकपुर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले ५ हजार घुस सहित इलाका प्रहरी कार्यालय रामगोपालपुर  महोत्तरीका प्रहरी नायब निरीक्षकलाई पक्राउ गरेको छ ।

घुस सहित प्रहरी नायब निरीक्षक पक्राउ 

कार्यालयका प्रहरी नायब निरीक्षक(सई) रामबाबु प्रसाद यादवलाई ५ हजार घुस लिदै गर्दा अख्तियारको टोलीले बुधबार दिउँसो रंगेहात पक्राउ गरेको हो ।


भारतबाट समान ल्याउन बोर्डर मिलाइ दिने भन्दै व्यपारीबाट रुपैयाँ लिदै गर्दा सई यादवलाई रामगोपालपुरबाट पक्राउ गरेको हो । घुस सहित पक्राउ परेका यादवको बारेमा अनुसन्धान भईरहेको छ ।

प्रकाशित : भाद्र २७, २०७५ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?