कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दृष्टिका सम्पादक श्रेष्ठसँग बयान (अपडेट)

काठमाडौँ — नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर ललितपुरले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई बुधबार प्रहरी कार्यालयमा बोलाएर बयान लिएको छ । 

दृष्टिका सम्पादक श्रेष्ठसँग बयान (अपडेट)

दृष्टिको समाचार साभार गरी अनलाइनमा प्रकाशित गरेको आरोपमा ठेचोस्थित घरबाट हत्कडी लगाएर नियन्त्रणमा लिइएका खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतको बयानका आधारमा प्रहरी परिसरले श्रेष्ठलाई पत्राचार गरी कार्यालयमा बोलाएर बयान लिएको हो ।


पटक–पटक बोलाउँदा पनि नगएपछि प्रहरीले आफूलाई उपस्थित हुन पत्र नै पठाएकाले बयान दिन गएको श्रेष्ठले जनाए । उनले समाचार छापेको या साभार गरेको आधारमा प्रहरीले पक्राउ गर्नु र बयान दिन बोलाउनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताए ।


‘खोजतलासमा छापिएको समाचार मेरो पत्रिका र अनलाइनमा छापिएको होइन, हेडलाइन र समाचारको कुनै पनि अंश मिल्दैन भनेर बयान दिएँ,’ उनले कान्तिपुरसँग भने, ‘मेरो पत्रिकामा छापिएको समाचार अरूले सार्ने अनि मैले बयान दिँदै हिँड्नुपर्ने ? प्रहरीले यसरी बयान लिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’


दृष्टि साप्ताहिकले आफ्नो वेबसाइटमा राखेको पत्रमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाई हिरासतमा रहेका बस्नेतले दिएको बयानलाई आधार मानेर कुरा बुझ्नुपर्ने भएकाले कार्यालयमा उपस्थित हुन भनिएको छ ।


‘दृष्टि साप्ताहिकको २०७५ भदौ १९ गते प्रकाशित अंकमा ‘हरिसिद्धिको जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सांसदहरूकै दबाब’ शीर्षकमा छापिएको समाचार खोजतलासले साभार गरेको बयान प्रहरीमा दिएकाले त्यस विषयमा बुझ्न भन्दै दृष्टि मिडिया प्रालिलाई प्रहरीले बयानका लागि बोलाएको हो,’ दृष्टिले आफ्नो वेबसाइटमा लेखेको छ ।


प्रहरीले ‘खोजतलास’ साप्ताहिकका प्रधानसम्पादक बस्नेतलाई ४ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइसकेको छ । बस्नेतलाई एक महिनाअघि मात्र प्रहरीले समाचार लेखेर फेसबुक र पत्रिकाको अनलाइनमा सेयर गरेको भरमा नियन्त्रणमा लिई दिनभर थुनेर छोडेको थियो । त्यतिबेला बस्नेतले ‘हरिसिद्धिको जग्गा कब्जा गर्न नेकपा नेताको गिद्धेनजर, मन्त्रीका भतिजाद्वारा मालपोतका कर्मचारीलाई सरुवा गर्ने धम्की’ शीर्षकमा समाचार लेखेका थिए । यो मुद्दामा भने प्रेस काउन्सिलले नै मिलापत्र गराएको थियो ।



प्रकाशित : भाद्र २७, २०७५ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?