२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कञ्चनपुरमा १० वर्षीया बालिका बलात्कृत, आरोपी प्रहरी हिरासतमा

भवानी भट्ट

कञ्चनपुर — १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषी डेढ महिनाभन्दा बढी समयसम्म पनि पत्ता नलागेको समयमा कञ्चनपुरमै फेरी अर्की बालिका बलात्कृत भएकी छिन् ।

कञ्चनपुरमा १० वर्षीया बालिका बलात्कृत, आरोपी प्रहरी हिरासतमा

माहाकाली नगरपालिका–४ मा मंगलबार साँझ १० वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय आईते सुनारलाई पक्राउ गरेको छ ।


प्रहरीका अनुसार साँझको समयमा अन्य बालबालिकासँग खेलिरहेकी ती बालिकालाई आईतेले हात तानेर धान बारीमा लगेर बलात्कार गरेका थिए । बलात्कार गरिरहेकै अवस्थामा स्थानीयले थाहा पाएपछि उक्त कुरा बाहिर आएको हो ।


इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरिक्षक नरेन्द्रबहादुर चन्दले बालिकाको स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको बताए । पक्राउ परेका आईतेमाथि जबरजस्ती करणीको मुद्दा दत्र्ता गर्ने तयारी भइरहेको उनले बताए ।


‘निर्मला घटना’पछि यो तेस्रो घटना हो । यसअघि कञ्चनपुरकै बेल्डाडी गाउँपालिकामा पनि १५ वर्षीया बालिका बलात्कृत भएकी थिइन् ।

प्रकाशित : भाद्र २७, २०७५ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?