कञ्चनपुरमा १० वर्षीया बालिका बलात्कृत, आरोपी प्रहरी हिरासतमा

भवानी भट्ट

कञ्चनपुर — १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषी डेढ महिनाभन्दा बढी समयसम्म पनि पत्ता नलागेको समयमा कञ्चनपुरमै फेरी अर्की बालिका बलात्कृत भएकी छिन् ।

माहाकाली नगरपालिका–४ मा मंगलबार साँझ १० वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ। बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय आईते सुनारलाई पक्राउ गरेको छ।

Yamaha

प्रहरीका अनुसार साँझको समयमा अन्य बालबालिकासँग खेलिरहेकी ती बालिकालाई आईतेले हात तानेर धान बारीमा लगेर बलात्कार गरेका थिए। बलात्कार गरिरहेकै अवस्थामा स्थानीयले थाहा पाएपछि उक्त कुरा बाहिर आएको हो।

इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरिक्षक नरेन्द्रबहादुर चन्दले बालिकाको स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको बताए। पक्राउ परेका आईतेमाथि जबरजस्ती करणीको मुद्दा दत्र्ता गर्ने तयारी भइरहेको उनले बताए।

‘निर्मला घटना’पछि यो तेस्रो घटना हो। यसअघि कञ्चनपुरकै बेल्डाडी गाउँपालिकामा पनि १५ वर्षीया बालिका बलात्कृत भएकी थिइन्।

Esewa Pasal

प्रकाशित : भाद्र २७, २०७५ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किशोरी हत्या प्रकरण: तीजको दिन कालो पहिरन लगाएर महिलाहरु विरोधमा

भवानी भट्ट

कञ्चनपुर — तीजको दिन नेपाली महिलाहरु रातो पहिरन, चुरा र पोतेमा सजिन्छन् । हिन्दु नारीहरु धुमधामका साथ रमाइलो गरेर तीज मनाइरहेका छन् । तर कञ्चनपुरका महिलाहरु भने कालो पहिरनका साथ विरोधमा उत्रेका छन् ।

झण्डै डेढ महिनाअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मला पन्तलाई न्याय दिनुपर्ने माग गर्दै उनीहरु कालो पहिरनमा उत्रेका हुन्।

बुधबार बिहान कालो पहिरनमा महिला तथा केही पुरुषहरुले मदन चोकमा केहिबेर धर्ना दिएपछि बजारतिर लागे। ‘आज रातो पहिरनमा सजिएर तीज बनाउनुपर्ने हो’ आन्दोलनका क्रममा घाइते भएकी मञ्जु गिरीले भनिन्, ‘यस्तो अत्याचार भएका बेला तीज कसरी मनाउने।’ उनले निर्मलाका हत्यारा सार्वजनिक गरिनुपर्ने माग गर्दै कालो पहिरनमा विरोध जनाएको बताइन्।

उनीहरुलाई निर्मलालाई न्याय भन्ने अभियान अन्तरगत विभिन्न कार्यक्रमहरु गरिरहेका छन्। यसअघि सार्वजनिक गरिएका दिलिप विष्टलाई प्रहरीले छाडेपछि अबको अनुसन्धानका विषयमा धेरैले चासो दिएका छन्।

उनीहरुले अब पनि अनुसन्धानमा लापरबाही हुन नहुने भन्दै सचेत पनि गराएका छन्। विष्टको डीएनए रिपोर्ट मेल नभएपछि उनलाई सरकारी वकिलको राय अनुसार छाडिएको हो। उनीसँगै बम दिदी बहिनी रोशनी र बवितालाई पनि प्रहरीले सरकारी वकिलको राय अनुसार छाडेको छ।

प्रकाशित : भाद्र २७, २०७५ १५:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT