कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

म्याग्दी र कालीगण्डकीमा बाढी, सतर्क रहन आग्रह

घनश्याम खडका

म्याग्दी — धौलागिरी हिमालफेदी क्षेत्रमा परेको भिषण वर्षापछि म्याग्दी खोला र राघुगंगामा पानीको सतह तिब्र रुपमा बढ्दै गएको छ । म्याग्दी र रहुगंगा खोलाको बाढी मिसिएपछि कालीगण्डकी नदीमा पनि पानीको बहाव डर लाग्दो किसिमले बढेको छ ।

म्याग्दी र कालीगण्डकीमा बाढी, सतर्क रहन आग्रह

नदीको सतह बढेसँगै जिल्ला प्रशासन कार्यालयले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको छ । धौलागिरी गाउँपालिका–४ मुदीको माथिल्लो भेग र रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको माथिल्लो धौलागिरी बेस क्याम्प क्षेत्रमा भिषण वर्षा भएकोले एक्कासी बाढी आएको हो ।


‘धौलागिरी वेसनमा भिषण वर्षापछि कालीगण्डकीका सहायक नदी रघुगंगा र म्याग्दी खोलामा बाढी आएको हो । तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन सूचना गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘रघुगंगा गाउँपालिका, ८ मंगले क्षेत्रमा बाढीले स्कुल समेत बगाएको खवर छ ।’


बाढी पूर्वानुमान महाशाखाको वेबसाइटमा समाचार लेख्दाका समय रघुगंगामा पानीको सतह २ मिटरबाट बढेर ३.५२ मिटर र कालीगण्डकी नदीमा ७.१२ मिटर पुगेको छ । म्याग्दी खोलाको भने बाढी मापन गरेको छैन । रघुगंगाको ५ मिटर र कालीगण्डकीको ७ मिटर सतर्कता तह हो ।


प्रकाशित : भाद्र २७, २०७५ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?