२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

डीएनए उपयुक्त माध्यम

काठमाडौँ — प्रहरीले चाहने हो भने डीएनए परीक्षणबाट घटनाको प्रभावकारी अनुसन्धान गर्न सक्छ । मृतक निर्मलाको भेजिनल स्वाबबाट निकालिएको नमुना परीक्षण गर्दा शुक्रकिटको अवशेष भेटिएको छ । त्यसका आधारमा डीएनए परीक्षण गरी प्रोफाइलसमेत तयार भएको छ ।

डीएनए उपयुक्त माध्यम

डीएनएको नमुनाका आधारमा अघि बढ्ने हो भने प्रहरीका लागि महत्त्वपूर्ण प्रमाण जुट्न सक्छ । जसअनुसार शंकाका घेरामा परेकाहरूको डीएनए परीक्षण गर्न सकिन्छ । तर त्यसका लागि शंकाको घेरामा परेका व्यक्तिको स्वीकृति महत्त्वपूर्ण पाटो हो । ‘कुनै व्यक्तिलाई अनुसन्धान दायरामा नल्याई सोझै डीएनए परीक्षणका लागि नमुना संकलन गर्नु कानुनी रूपमा उचित हुँदैन,’ फौजदारी अनुसन्धान प्रणालीका ज्ञाता सहन्यायाधिवक्ता नारायण पौडेलले कान्तिपुरसँग भने, ‘तर अनुसन्धानमा तानिएका व्यक्तिहरूको डीएनए परीक्षण गर्न सकिन्छ ।


डीएनए परीक्षण व्यक्तिको गोपनीयतासँग जोडिएको विषयवस्तुसमेत भएकाले सम्बन्धित व्यक्तिको अनुमति महत्त्वपूर्ण हुन्छ । तर शंकाको घेरामा परेको कुनै व्यक्तिले परीक्षणका लागि अस्वीकार गरेमा त्यो आफैं महत्त्वपूर्ण प्रमाण हुन्छ । ‘यसका आधारमा घटनामा शंकास्पद ठानिएका व्यक्तिहरूलाई छानबिन दायरामा ल्याएर आवश्यक परे डीएनए परीक्षणसमेत गर्नुपर्ने हुन्छ,’ अधिवक्ता लेखनाथ भट्टराईले भने, ‘अनुसन्धान दायरामा आएका व्यक्तिले डीएनए परीक्षण अस्वीकार गरे भने त्यो उनीहरूविरुद्धकै प्रमाण बन्छ ।’


कतिपय मुलुकले आफ्ना नागरिकको डीएनए नमुना संकलन गरी अभिलेख राखेका हुन्छन् । अपराध अनुसन्धानक्रममा नमुना परीक्षण गरी अभिलेखमा ‘म्याच’ भएमा सम्भावित शंकास्पद व्यक्तिको सूची तयार गरी अनुसन्धान अघि बढाइन्छ । तर नेपालमा भने डीएनए परीक्षण र त्यसलाई अदालतले समेत स्वीकार गर्न थालेको लामो इतिहास छैन । कतिपय अवस्थामा त डीएनए परीक्षणमाथि अदालती दृष्टिकोणमा एकरूपतासमेत छैन ।

प्रकाशित : भाद्र २८, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?