१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेकपा प्रवक्ता विश्वकर्मालाई दाङबाट काठमाडौं लगियो

दुर्गालाल केसी

दाङ — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई बिहीबार दाङबाट काठमाडौं लगिएको छ ।

नेकपा प्रवक्ता विश्वकर्मालाई दाङबाट काठमाडौं लगियो

बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले ४८ घण्टाभित्र पेश गर्न आदेश दिएपछि आज बिहान हवाइजहाजमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले बताए ।


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा तुल्सीपुरमा भएको बम बिस्फोट मुद्दामा अनुसन्धान गर्न बिश्वकर्मालाई दाङ देउखुरी जिल्ला अदालतले आइतबार आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद नसकिदै सर्वोच्चले आदेश गरेपछि काठमाडौं पठाउनुपरेको शर्माले जानकारी दिए । दाङको मुद्दामा अनुसन्धान जारी नै रहने उनले बताए ।


विश्वकर्मालाई शुक्रबार भोजपुरबाट दाङ ल्याइएको थियो । निर्वाचनका क्रममा गतवर्ष मंसिर १२ गते तुल्सीपुरमा बम बिस्फोट हुँदा म्यादी प्रहरी तुलसीपुर–१२ क्वाङीका २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो । अनुसन्धानका क्रममा विश्वकर्माको डायरीमा दाङमा बम बिस्फोटबारे लेखिएको भेटिएपछि उक्त घटनामा अनुसन्धान गर्न दाङ ल्याइएको थियो ।


तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कांग्रेसको चुनावी सभालाई लक्षित गरी बम विष्फोट भएको थियो । बिस्फोटबाट म्यादी प्रहरीसहित नौ जना घाईते भएका थिए ।

प्रकाशित : भाद्र २८, २०७५ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?