कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बलात्कार प्रयास गर्ने वृद्धको बालिकाद्वारा हत्या

टीकाप्रसाद भट्ट

रामेछाप — नातिनी नाता पर्ने बालिकालाइ बलात्कार गर्ने प्रयास गर्दा रामेछापमा एक वृद्धको ज्यान गएको छ । रामेछाप नगरपालिका–७ मुढाजोरका ६५ वर्षीया पूर्णबहादुर श्रेष्ठको बिहीबार विहान नातिनीले प्रहार गरेको रड लागेर घटनास्थलमा नै ज्यान गएको हो । 

बलात्कार प्रयास गर्ने वृद्धको बालिकाद्वारा हत्या

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाका अनुसार बिहान घाँस काट्न गएकी १३ वर्षीया नातिनीलाई बारीकान्लामा पुगेर श्रेष्ठले बलात्कारको प्रयास गरेका थिए । घटनास्थलबाट उम्केकी बालिकाले घरबाट रड लिएर श्रेष्ठलाई प्रहार गरेकी थिइन् ।


घटना पछि बालिका १ जना साथी लिएर २ घण्टा टाढाको रामेछाप प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेकी थिइन् । उनले आफुले हत्यामा प्रहार गरेको रड समेत प्रहरीलाई बुझाएकी छन् । बालिका बलात्कारको प्रयास गर्ने श्रेष्ठ अविवाहित रहेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयले बालिकालाई हिरासतमा राखी अनुसन्धान बढाएको छ । प्रहरी निरीक्षक थापाको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थल मुचुल्का गरी वृद्धको शव पोष्टमार्टमका लागि रामेछाप जिल्ला अस्पताल ल्याएको छ ।

प्रकाशित : भाद्र २८, २०७५ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?