कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

न्यायका लागि छट्पटिरहनु दुःखद् : राष्ट्रपति

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेकी छन् । 

न्यायका लागि छट्पटिरहनु दुःखद् : राष्ट्रपति

राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् रहेकाे बताइन् । 'ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा स‌ंलग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्छ,' उनले भनिन् ।


राष्ट्रपति भण्डारीले बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यवहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार अन्त्य गर्न सकिने बताइन् ।


बालबालिकामाथि हुुने हिंसा, दुर्व्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्ने भन्दै उनले कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्क भएकाले यसलाई जरैदेखि उखलेर फाल्नुपर्ने बताइन् ।


कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संविधानप्रदत्त बालबालिकाका अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक ऐन तयार गरी मन्त्रालयले संसदमा प्रस्तुत गरेको बताइन् ।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव वुद्धिबहादुर खड्काले बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न स्थानीय सरकार बढी सम्बेदनशील बन्नुपर्ने बताए । खगेन्द्र नवजीवन विद्यालय जोरपाटीमा कक्षा १० मा अध्ययरत छात्रा सविता थापाले पछिल्लो समय निर्धक्क रुपमा सडकमा हिडडुल गर्न नसकिने अवस्था रहेकाे बताए । बालअधिकारकर्मी गौरी प्रधानले बालबालिका शान्ति क्षेत्र कायम राख्न तीनै तहका सरकारले बालमैत्री नीति अवलम्बन गर्नुपर्ने बताए ।

प्रकाशित : भाद्र २९, २०७५ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?