सरकारले अपराधीलाई कानूनी कारवाहीको कठघरामा ल्याउँछ : गृहमन्त्री

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले किशोरी बलात्कारपछि हत्याको विषयमा उठेका प्रश्नहरुको शुक्रबार संसदमा जवाफ दिएका छन् । बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले निर्मला हत्याकाण्ड र अन्य घटनाका विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध पारेपछि थापाले आज जवाफ दिएका हुन् । 

सरकारले अपराधीलाई कानूनी कारवाहीको कठघरामा ल्याउँछ : गृहमन्त्री

जवाफमा गृहमन्त्री थापाले अपराधमा संलग्न व्यक्तिलाई कानूनी कारवाहीको कठघरामा ल्याउन र अनुसन्धान एवं अन्य कार्वाहीको सिलसिलामा कहिँकतैबाट कुनै किसिमको लापरवाही वा गल्ती नहुने बताए । उनले भने, 'कहीँ कतैबाट लापरबाही वा गल्ती भएको पाइएमा संलग्न जो कोहीलाई दण्डित गर्न मन्त्रालय प्रतिवद्ध रहेको र सोही बमोजिम मातहत निकायलाई निर्देशन गरिएको छ ।'


महिला तथा वालबालिका माथि गरिने बलात्कार र हत्या जस्तो जघन्य अपराधका दोषीविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाउने र घटनाका दोषीहरुलाई कानूनी सजायबाट उन्मुक्ति नदिइने उनले बताए ।


गृहमन्त्री थापाले के भने संसदमा ?

सम्माननीय सभामुख महोदय,

सम्मानीत संसदमामाननीय सांसदज्यूहरुले उठाउनुभएको गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमाचासो, चिन्ता र प्रश्नहरु उठाउनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

निर्मला पन्तको बलत्कार पछि हत्याको घटना सम्बन्धमा

माननीयसांसदज्यूहरुले कञ्चनपुर जिल्लाको घटनाको बारेमा संवेदनशीलता देखाउनु भएको रघटनाको निष्पक्ष छानबिनका लागि निरन्तर खबरदारी गरिरहनुभएको छ । भीमदत्त न.पा. २ बस्ने यज्ञराज र दुर्गादेवी पन्तको छोरी वर्ष १३ की निर्मलापन्तको बलत्कार पछिको हत्याको घटनामा गरिएको छानबिन तथा अनुसन्धानको विषयलाई लिएर भएकोविरोध प्रदर्शनका घटनाहरु र नागरिक तहबाट भएको माग सम्बोधन गर्ने विषयलाईगम्भीरतापूर्वक लिई गृह मन्त्रालयले मिति २०७५/०५/०७ को निर्णयानुसार उच्चस्तरीयछानबीन समितिको गठन गरेको छ । समितिले छानबीन कार्य प्रारम्भ समेत गरिसकेकोअवस्थामा पुनः भएको विरोध प्रदर्शन ध्वंशात्मक भई सरकारी सम्पत्तिमाथि क्षतिपुग्नेगतिविधि हुन थालेपछि त्यसलाई नियन्त्रण गर्ने प्रयास गर्दा हुनगएको मानवीय क्षतिकोदुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु साथै मृतकप्रति श्रद्धाञ्जली र पीडितपरिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । नेपाल सरकारले मृतकलाई शहीद घोषणासमेत गरिसकेको जानकारी गराउन चाहान्छु ।मृतक निर्मला पन्त र सनी खुनाको परिवारलाईराहत स्वरुप सरकारले १०/१० लाख रुपैयाँ उपलब्ध गराएको छ । घाइतेहरुलाई हेलीकोप्टरबाट काठमाडौ ल्याई सरकारलेशुल्क व्यहोरी उपचार भइरहेको छ ।उक्त घटनाको छानविन तथा विस्तृत अनुसन्धान जारी छ। अपराधमा संलग्न व्यक्तिलाई कानूनी कारवाहीको कठघरामा ल्याउन र अनुसन्धान एवंअन्य कार्वाहीको सिलसिलामा कहिँकतैबाट कुनै किसिमको लापरवाही वा गल्ती भएको पाईएमासंलग्न जो कोहीलाई दण्डित गर्न मन्त्रालय प्रतिवद्ध रहेको र सोही बमोजिम मातहतनिकायलाई निर्देशन गरिएको छ । महिला तथा वालबालिकाको समानता र आत्मसम्मानपूर्वकबाँच्न पाउने हकको प्रत्याभूतिको लागि कुनै पनि किसिमका अपराधका घटना नियन्त्रणकालागि मन्त्रालय क्रियाशील छ । महिला तथा वालबालिका माथि गरिने बलात्कार र हत्याजस्तो जघन्य अपराधका दोषीविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाउने र घटनाकादोषीहरुलाई कानूनी सजायबाट उन्मुक्ति नदिईने कुरामा म माननीय सांसदहरुलाई विश्वस्तगराउन चाहान्छु । साथै यस घटनाको निष्पक्षछानविनलाई प्रभाव पार्ने गरी कुनै किसिमको अवाञ्छित र अतिरञ्जित अभिव्यक्ति र व्यवहार हुन गर्न नदिनेतर्फ सम्बद्ध सवैपक्षको ध्यानाकर्षण गराउन चाहन्छु । घटनाको सत्य तथ्य छानविन रअनुसन्धान गरी दोषीलाई कारबाही गर्ने र पीडीत परिवारलाई न्याय दिलाउने कार्यमासबैको सहयोग लागि समेत अनुरोध गर्दछु ।

सम्माननीय सभामुख महोदय,

वर्दियाजिल्लामा हिरासतमा रहेका व्यक्तिको मृत्युभएको घटनाका सन्दर्भमा माननीयसांसदज्यूले प्रश्न उठाउनुभएको छ । मिति 2075/05/07 गते वर्दियाजिल्ला गुलरिया नगरपालिका 5 स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा माननीय उप-प्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्रीउपेन्द्र यादवज्यूको कार्यकर्ता भेटघाट कार्यक्रम भइरहेकोअवस्थामा स्वतन्त्र मधेशी गठबन्धन (सि.के.राउतसम)काराममनोहर यादव समेतले नेपालको स्वतन्त्रता, प्रादेशिक अखण्डता राष्ट्रियतामाथि अपमान हुनेगरी नारालगाई घृणा द्वेष फैलाईराष्ट्रिय हित प्रतिकूल काम गरी उक्त कार्यक्रम समेत विथोल्न खोजेको हुदा जिल्ला प्रहरी कार्यालय वर्दियाबाटखटिएको प्रहरी टोलीले बाँके जिल्ला जानकी गाउँपालिका बडा नं. 6 बस्ने राममनोहरयादव समेतलाई तत्काल पक्राउ गरी राज्य विरुद्बको कसुरमा मुद्दा दर्ता गरी सम्मानितवर्दिया जिल्ला अदालतबाट 7 दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धानको लागि हिरासतमा राखिएकोमा मिति2075/05/14 गते विहान अन्दाजी 6.15 बजे निज राममनोहर यादव एक्कासी विरामी भई वेहोभएकोले निजलाई तत्काल उपचारको लागि जिल्ला अस्पतालवर्दिया लगिएकोमा उपचार हुन नसकी उक्त अस्पतालले थप उपचारको लागि भेरी अस्पतालबाँकेमा रिफर गरी पठाएको, सो अस्पतालमाउपचार हुन नसकी नेपाल मेडिकल कलेज बाँकेमापठाइएकोमा उक्त अस्पतालमा समेत उपचार हुन नसकी मिति 2075/05/15 गते त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा मेडिकल सामग्री सहित अ.हे.व. गंगा प्रसादचौधरी, विरामीका नातेदार दिपक पासी समेतकोटोलीले ल्याएकोमा निज राममनोहरयादवको उपचारको क्रममा सोही अस्पतालमा मिति 2075/05/16 गते मृत्यु हुन गएको व्यहोरा जानकारी गराउँछु।पोष्टमार्टमको प्रतिवेदन अनुसार मृत्युकोकारण कुनै चोटपटकको कारणले नभई रोगको कारणले भएको र भिसेरा र रगतको परीक्षणकोप्रतिवेदनबाट अन्य विवरण उपलब्ध हुने जानकारी प्राप्त भएको ।

ढोरपाटन नगरपालिका १ को संगिन जि सीको मृत्युसम्बन्धमा

काठमाडौमहानगरपालिका वडा नं.15 स्वयम्भु प्राकृतिक विज्ञान संग्रहालय पछाडिको जंगलमा क्षत विक्षत रुपमाफेला परेको बाग्लुङ जिल्ला ढोरपाटन बुर्तिबाङ न.पा.-1 घर भई हाल काठमाडौ जिल्ला स्वयम्भु सानोभर्‍याङ बस्ने वर्ष 22 कोसंगिन जि.सी. को शवको पोष्टमार्टम भई शवआफन्तलाई बुझि लगेको । अनुसन्धानको क्रममा भिसेरापरिक्षण, DNA परीक्षणर कल डिटेलको अध्ययन विश्लेषण भइरहेको छ

रोल्पाको सुलिचौरका रोहित पुनको हत्या सम्बन्धमा

सुनिल स्मृतीगाउँपालिका-, सुलिचौर बजार स्थित रहेको एक रेष्टुरेन्टमा देव बहादुर घर्ति लगायतका व्यक्तिहरु र रोहित पुन मगर बिच एक-आपसमा बिबाद हुँदादेब ब.घर्ती मगरले रोहित पुन मगरलाईपेस्तोलबाट १ राउण्ड गोली प्रहार गर्दा रोहित पुन मगरको बाँया कोखामा लागी घाईतेभई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाएकोमा उपचारको क्रममामृत्यु भएको, निज देब बहादुर घर्ती मगरलाई पेस्तोलथान १ र ऐ.को गोली १ राउण्ड सहित नियन्त्रणमालिईएको र थप संदिग्धहरुलाई समेत पक्राउ गरी अनुसन्धानपश्चात अदालतमा मुद्दा दर्ता भएको।

खोजतलास पत्रिकाका पत्रकार राजु बस्नेतको गिरफ्तारी सम्बन्धमा

खोजतलास डटकमर खोजतलास राष्ट्रिय साप्ताहिक पत्रिकाको अध्यक्ष तथा प्रधान सम्पादक राजु बस्नेतलेजनप्रतिनिधी कि जग्गा दलाल ? भन्ने शिर्षक राखि मिति २०७५।५।२१ गते संघिय सांसद पम्फाभुषाल र ललितपुर प्रदेश नं.३(१) का सांसद राजकाजी महर्जनको समेत फोटो राखि जग्गादलालसँग मिलि जग्गा बिक्री गर्न मालपोत कार्यालयका कर्मचारीहरुलाई दबाब दिएको भनिअपमान एवं हैरानी गर्ने नियतले प्रकाशित गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन२०६३ को दफा ४७ र ४९ नं. को विरुद्धको कार्य गरेकोले हदै सम्मको कारवाही गरी पाउँभन्ने समेत व्यहोरा उल्लेख गरी शुशिल खनालले २०७५।०५।२२ गते दिएको जाहेरी उपर सम्मानीतकाठमाण्डौं जिल्ला अदालतबाट मिति २०७५।५।२४ गते निजलाई पक्राउ गर्न दिएको आदेशअनुसार पक्राउ गरी २०७५।५।२५ गते प्रहरी परिसर ललितपुरमा दाखिला भएको । पक्राउप्रतिवादी राजु बस्नेतलाई मिति २०७५।०५।२५ गते नै सम्मानित जिल्ला अदालतमा पेशगरिएको र सम्मानित अदालतबाट निजलाई हिरासतमा राखि अनुसन्धान गर्नको लागि सोहीमितिबाट लागु हुने गरी दिन ४ (चार) को म्याद थप अनुमति प्रदान भएको । उल्लेखितमुद्दाको अनुसन्धान कार्य पुरा गरी मिति २०७५।०५।२८ गते जिल्ला सरकारी वकिलकार्यालय ललितपुरमा पेश गरिएको र सो कार्यालयबाट अभियोग पत्र र हिरासतमा रहेकाप्रतिवादी राजु बस्नेतलाई मिति २०७५।०५।२८ गते नै सम्मानित काठमाण्डौं जिल्लाअदालतमा पेश गरी अभियोग पत्र सहित मुद्दा दायर गरेको ।

प्रकाशित : भाद्र २९, २०७५ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?