कहिले हुन्छ राजदूत नियुक्ति ?
काठमाडौँ — भारत, अमेरिका, संयुक्त अरब इमिरेट्स र मलेसियामा लामो समयदेखि राजदूत छैनन् । दिल्ली दूतावास झन्डै एक वर्षदेखि नेतृत्वविहीन छ भने रेमिटयान्सको मुख्य स्रोतमध्येको संयुक्त अरब इमिरेट्समा दुई वर्षदेखि र मलेसियामा गत माघदेखि राजदूत छैनन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय नियोगमा एक महिनादेखि स्थायी प्रतिनिधि पद खाली छ ।

काठमाडौँ — कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्याय माग गर्दै आन्दोलनमा सहभागी १६ वर्षीय उमेश देउवा प्रहरीको गोली लागेर घाइते भएका थिए । तीन हप्तादेखि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत छन् । उनको देब्रेपट्टिको हात खुट्टामा समस्या छ ।
यसैगरी आन्दोलनकै क्रममा घाइते भएका २० वर्षीय अर्जुन भण्डारा अझै बेहोस छन्। शिक्षण अस्पतालमा उपचाररत उनको एउटा खुट्टा काटिएको छ। आन्दोलनमा सन्नी खुनाले ज्यान गुमाएका थिए। एक दर्जन बढी घाइते थिए। त्यसमध्ये देउवा र भण्डरा गम्भीर घाइते छन्। थप जानकारीका लागि भिडियाेमा हेर्नुहाेस्।
प्रकाशित : भाद्र २९, २०७५ १६:५३