२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बलात्कारी पत्ता लगाउन नसक्नु सरकारको कमजोरी : केसी

भवानी भट्ट

कञ्चनपुर — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्नु नेपाली जनता र सरकारको बेइज्जत भएको बताएका छन् । उनले सरकारका रवाफ, खुबी र चरित्र अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको बताए । 

बलात्कारी पत्ता लगाउन नसक्नु सरकारको कमजोरी : केसी

‘सरकार मात्रै होइन कञ्चनपुरका जनतालाई पनि अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको छ,’ शुक्रबार महेन्द्रनगरमा अखिल छौठौंको जिल्ला अधिवेशनको उदघाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष केसीले भने, ‘यति शक्तिशाली सरकारले अपराधी पत्ता लगाउन नसक्नु नेपालीको बेइज्जत भएको छ ।’ उनले मागेर न्याय नपाइने भएकाले लड्नुपर्ने र यसका लागि जनमोर्चा सधैं कञ्चनपुरवासीको साथमा रहेको बताए ।

‘सरकार सञ्चालन गर्ने भन्दा अहिले बलात्कारी बलिया भएका छन्,’ अध्यक्ष केसीले भने, ‘जसको आफन्त फसोस, जसको सिंहासन खोसिने अवस्था आओस हत्यारा पत्ता लगाउनैपर्छ ।’ उनले अबोध बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पनि अपराधी पत्ता लगाउन नसक्ने सरकारले नेपाली जनताको प्रतिनिधित्व गर्न नसक्ने बताए ।

अध्यक्ष केसीले जनमोर्चा सुरुदेखि नै संघीयताको विरुद्धमा रहेकाले अहिले पनि संघीयता खारेज हुनुपर्ने बताए । उनले अहिले जनताले कर बृद्धि भएको गुनसो धेरै गरिरहेका बताउँदै यो संघीयताकै परिणाम भएको बताए । उनले विदेशीको इशारामा संघीयता ल्याइएको बताउँदै यो धेरै दिन नटिक्ने बताए ।

प्रकाशित : भाद्र २९, २०७५ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?