कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बडिगाड खोला ७ घण्टादेखि थुनियो, पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

प्रकाश बराल

बागलुङ — बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानाको तुरतुरै डाँडा खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । साथै पहिरोले बडिगाड खोला थुनिएको छ । पानी थुनिएपछि ठूलोताल बनेको स्थानीयले बताए । उक्त डाँडामा बिहिबारदेखिनै ठूला खाडलहरु देखिएकोले पहिरो खस्न सक्ने भन्दै स्थानीयले सतर्क रहन राजमार्गमा सूचना जारी गरेका थिए ।

बडिगाड खोला ७ घण्टादेखि थुनियो, पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

शुक्रबार राति १२ देखि १ बजे सम्म खसेको पहिरोले राजमार्ग सहित खोला थुनेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए ।


उक्त घटनापछि प्रशासनले भीमगिठे, ग्वालीचौर, खरवाङ लगायतका खोलाछेउका बस्तीमा सतर्क रहन आग्रह गरेको छ । त्यस्तै गुल्मीका खण्डमा पनि खतरा हुन सक्ने भन्दै सूचना पठाइएको खरेलले बताए । बडिगाड खोला बुर्तिवाङदेखि गुल्मीको रुद्रवेणी सम्म पुगेर कालीगण्डकी नदीमा मिसिन्छ ।


पहिरोले थुनिएको खोला ।

राजमार्ग अबरुद्ध भएपछि राजधानी र अन्य शहरबाट बुर्तिवाङका लागि चल्ने दिवा तथा रात्री सवारीसाधन अलपत्र परेका छन् । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका तर्फ जाने मुख्य सडक समेत बन्द भएको छ ।


थुनिएपछि सुकेको खोला ।

घटनाको जानकारी भएपछि प्रजिअ खरेल, प्रहरी उपरीक्षक दीपक रेग्मी, सेनाको अर्जुनबाँण गणका प्रमुख सेनानी भुवन देवकोटा लगायतको टोली त्यसतर्फ गएको छ । प्रहरी र सेना समेत खटाएर उद्दार तथा सुरक्षित बसाईका लागि सहयोग गर्ने खरेलले जानकारी दिएका छन् । रातको समयमा भएकोले क्षतिको विवरण भने पुरै नआएको रेग्मीले जानकारी दिए । घटनामा मानवीय क्षति भने भएको छैन ।

शुक्रबार दिउँसो घटनास्थलमा देखिएका भ्वाङ । यस्तो खतराको संकेत देखिएपछि स्थानीयले सतर्क रहन सबैलाई आग्रह गरेका थिए ।

प्रकाशित : भाद्र ३०, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?