निर्मलाका लागि पोखरामा पनि प्रदर्शन : त्रास हटाउ, न्याय देउ

भीम घिमिरे

पोखरा — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि न्याय माग्दै शनिबार पोखरामा पनि प्रदर्शन भएको छ । सामाजिक सञ्जालहरूमार्फत स्वस्फुर्त सयौंको भेला भएका युवाहरूले मानवअधिकार चोकबाट चिप्लेढुंगा र महेन्द्रपुलसम्म र्‍याली निकालेका छन् ।

निर्मलाका लागि पोखरामा पनि प्रदर्शन : त्रास हटाउ, न्याय देउ
निर्मलाका लागि पोखरामा पनि प्रदर्शन : त्रास हटाउ, न्याय देउ

बगरस्थित संस्कृत गुरुकुलका विद्यार्थीहरूले स्वस्ती वाचनपछि र्‍याली निस्किएको थियो । कालो पोशाकमा सहभागी महिलाहरूले पन्तलाई न्याय दिन सरकारसँग माग गरे । र्‍यालीमा उल्लेख्य संख्यामा नगरवासी सहभागी भएका थिए । कास्की बाहिरबाट पनि र्‍यालीमा सहभागी हुन युवाहरू पोखरा आएका थिए ।

निर्मलाका लागि पोखरामा पनि प्रदर्शन : त्रास हटाउ, न्याय देउ

र्‍यालीपछिको कोणसभालाई सम्बोधन गर्दै लेखिका सवित्री गौतमले छोरीको सुरक्षाका लागि राज्यले संवेदनशील हुन नसकेको बताइन् । ‘हामी सरकारको विरोध गर्न उभिएका होइनौं, न्याय दिलाउन सरकारले काम गरोस् भन्न चाहन्छौं,’ उनले भनिन्, ‘यस्तो जघन्य अपरोधको घटनामा दोषी पक्राउ गरेर पीडित परिवारलाई न्याय दिन ढिलाइ गर्दा देशभरिका छोरीहरूका लागि असुरक्षा बढेको अनुभव भएको छ ।’

निर्मलाका लागि पोखरामा पनि प्रदर्शन : त्रास हटाउ, न्याय देउ

निर्मलाका लागि पोखरामा पनि प्रदर्शन : त्रास हटाउ, न्याय देउ

कोणसभाका वक्ताहरूले सरकारलाई जिम्मेवार भएर न्यायको पक्षमा काम गर्न आग्रह गरे । कोणसभा संयोजन गरेका सौगात पोखरेलले कुनै पनि दलको ब्यानरमा नभइ स्वस्फूर्त भेला भएर उठेको नागरिक आवाजलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्ने बताए ।

निर्मलाका लागि पोखरामा पनि प्रदर्शन : त्रास हटाउ, न्याय देउ

प्रकाशित : भाद्र ३०, २०७५ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?