१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नेता र जनताले संघीयता बुझेनन्ः शशांक

रासस/याेन्हाप

चितवन — कांग्रेस महामन्त्री शशांक कोइरालाले नेता र जनताले संघीयताका बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताएका छन् । 

नेता र जनताले संघीयता बुझेनन्ः शशांक

शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले संविधानमा व्यवस्था भएअनुसार संघीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नसकेको बताए । उनले भने, 'संघीयताका विषयमा सरकार, राजनीतिक दलका नेता र आम जनताले अझै बुझ्न सकेका छैनन् ।' एक/दुईवटा निर्वाचनपछि संघीयता कार्यान्वयन सहज भएर जाने पनि उनले बताए ।

महामन्त्री कोइरालाले कांग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गरिरहेको बताए । 'सरकारका काम राम्रोलाई राम्रो र गलतलाई गलत भन्नुपर्छ । कांग्रेस जिम्मेवार प्रतिपक्षी भएकाले सरकारका हरेक गतिविधिलाई नजिकबाट हेरेर मूल्यांकन गर्नेछ,' उनले भने ।


समृद्ध राष्ट्र बनाउने अभियानमा कांग्रेस पहिलेदेखि नै लागिरहेको भन्दै उनले सरकारका समृद्धिका योजनामा आफ्नो पार्टीको सहयोग रहँदै आएको बताए ।


फरक प्रसङ्गमा उनले देशभरका नेता कार्यकर्ताको राय बुझेर आफूले पार्टी सभापतिमा उम्मेदवारी दिने वा नदिने टुङ्गो लगाउने बताए । पार्टीभित्र केही मतभेद रहेपनि त्यसको उचित व्यवस्थापन गरी एकढिक्का भएर जाने उनको भनाइ छ ।

प्रकाशित : भाद्र ३०, २०७५ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?