कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

किशोरी बलात्कार र हत्या प्रकरण : थप ५ प्रहरी अधिकृत निलम्बन

काठमाडौँ — गृह मन्त्रालयले कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा संलग्न थप पाँच जना प्रहरी अधिकृतलाई निलम्बन गरेकाे छ । 

किशोरी बलात्कार र हत्या प्रकरण : थप ५ प्रहरी अधिकृत निलम्बन

शनिबार बिज्ञप्ति प्रकाशित गर्दै भदौ ७ गते गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्च स्तरीय छानबिन समितिले शनिबार गृहमन्त्री रामबहादुर थापा समक्ष पेश गरेको प्रतिवेदनका आधारमा जिम्मेवारीपूर्वक काम गर्न नसकेका दुई डिएसपीसहित ५ जनालाई थप अनुसन्धानका लागि निलम्बन गरेको जनाएको छ ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई यसअघि नै निलम्बन गरिसकेको छ ।

बिष्टसहित प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी, सिअाइबीका प्रहरी नायब उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का र सहायक निरीक्षक रामसिंह धामीलाई शनिबारबाटै निलम्बन गरी अनुसन्धान गर्न निर्देशन दिएको हो ।

प्रतिवेदनमा अन्य केही संदिग्ध ब्यक्तिलाई पनि छानबिनको दायरामा ल्याएर अनुसन्धान गर्न निर्देशन दिएको छ ।

बिज्ञप्तीमा यो घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेकाले अपराधी पत्ता लगाई कारवाही गर्ने विषयमा सबैले सहयोग गर्न अनुरोध समेत गरिएको छ ।

प्रकाशित : भाद्र ३०, २०७५ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?