१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

साउदी अरबको न्यूनतम तलब १३ सय रियाल निर्धारण 

होम कार्की

काठमाडौँ — नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल (करिब ३९ हजार रुपैयाँ) न्यूनतम तलब निर्धारण गरेको छ । अब साउदी  रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ । 

साउदी अरबको न्यूनतम तलब १३ सय रियाल निर्धारण 

श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठ्कले कामदारको न्यूनतम तलब तोकेको हो । यसअघि खाना सहित एक हजार रियाल तलब थियो ।

सरकारले साउदीको जीवनस्तर बढेको भन्दै नयाँ तलब तोकेको हो । सन् २०१३ मा तलब निर्धारण गरेपछि कामदारको तलब समिक्षा भएको थिएन ।


खुल्ला बजार भन्दै साउदी सरकार आफैले भने तलब तोक्ने काम गरेको छैन । कम्पनी र कामदारबीच समझदारी भएको तलवलाई साउदीले कार्यान्वयन गर्दैै आएको छ ।




प्रकाशित : भाद्र ३१, २०७५ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?