कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डिएसपी केसीलाई साधारण तारेखमा छाड्न आदेश

एक अर्का अभिुक्तसँग ५ लाख धरौटी माग
सुन तस्करी र सनम शाक्य हत्या प्रकरण
माधव घिमिरे

विराटनगर — सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा उच्च अदालत विराटनगरले निलम्बित डिएसपी प्रजित केसीलाई साधारण तारेखमा छाड्न आइतबार आदेश दिएको छ । अर्का अभियुक्त रामकुमार तिवारीलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेर मुद्दाको थप कारबाही अघि बढाउन आदेश भएको हो ।

डिएसपी केसीलाई साधारण तारेखमा छाड्न आदेश

न्यायाधीश उमेशराज पौडेल र उमेशकुमार सिंंहको इजलाशबाट यो आदेश भएको हो । जिल्ला अदालत मोरङले जेठ २८ गते उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।


जिल्ला अदालतको आदेश रीतपूर्वक नदेखिएको भन्दै केसीलाई साधारण तारेखमा राखी मुद्दाको थप कारबाही प्रक्रिया अघि बढाउन आदेश भएको उच्च अदालतका रजिष्ट्रार नारयण रेग्मीले बनाए ।


मुलुकी ऐन अदालती बन्दोबस्तको ४७ नम्बरबमोजिम साधारण तारेखमा छाड्न आदेश दिइएको हो । अभियुक्तद्वयले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै उच्च अदालतमा निवेदन दिएका थिए ।


यसअघि शुक्रबार उच्च अदालतले यो मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एसएसपी दिवस लोहनीलाई पनि साधारण तारेखमा छाड्न आदेश दिएको थियो । आदेशपछि सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट उनी आइतबार मुक्त भएका छन् ।


उच्च अदालतका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र शारंगा सुवेदीको संयुक्त इजलासले शुक्रबार जिल्ला अदालतको निर्णय उल्टाउँदै लोहनीलाई साधारण तारेखमा छाडेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको थियो ।


जिल्ला सरकारी वकिलको कार्यालयले आपराधिक समुह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरिर बन्धक र कर्तब्य ज्यान मुद्दामा अभियोगपत्र दर्ता गरेको थियो । यो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा विगो माग दाबी गरिएको छ ।


प्रकाशित : भाद्र ३१, २०७५ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?