मन्त्रिपरिषद बैठक : निगमको कार्यकारी अध्यक्षमा खरेल नियुक्त

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले मदन खरेललाई नियुक्त गरेको छ । खरेललाई शुक्रबारको मन्त्रिपरिषद बैठकले सदस्यका रुपमा नियुक्त गरेको थियो । 

मन्त्रिपरिषद बैठक : निगमको कार्यकारी अध्यक्षमा खरेल नियुक्त


पर्यटन सचिवले अध्यक्षता गर्ने निगमको संचालक समितिको स्थानमा उनलाई शुक्रबार ल्याउँदै सरकारले आइतबारको बैठकबाट कार्यकारी अध्यक्षका रुपमा नियुक्त दिएको हो । खरेलअघि संचालक समितिको अध्यक्षमा पर्यटन सचिव कृष्ण देवकोटा थिए भने महाप्रबन्धकमा सुगतरत्न कशांकार छन् ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार, खरेललाई महाप्रबन्धको अधिकारसहित कार्यकारी अध्यक्ष दिइएको हो । हालका महाप्रबन्धक कशांकारको समय सकिन साढे ८ महिना बाँकी छ । खरेल यसअघि निगममा खुला प्रतिष्प्रर्धाबाट महाप्रबन्धकमा छानिएका थिए । ०७१ चैतमा उनले चार वर्षको कार्यकाल पुरा नगरी २९ महिनामै राजिनामा दिएपछि सरकारले कशांकारलाई चार वर्षकालागि नियुक्त गरेको थियो ।


प्रकाशित : भाद्र ३१, २०७५ २३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?