कलाकार मदनकृष्णको मस्तिष्कको दायाँतर्फ समेत डीबिएस शल्यक्रिया, स्वास्थ्यमा सुधार

अतुल मिश्र

काठमाडौँ — कलाकार मदनकृष्ण श्रेष्ठलाई लागेको पार्किन्सन रोगको लागि मस्तिष्कको दायाँ ‘ग्लोबस पल्लिडस’, भन्ने स्थानमाा डिप ब्रेन सिमुलेसन (डीबिएस) शल्यक्रिया गरिएको छ ।

कलाकार मदनकृष्णको मस्तिष्कको दायाँतर्फ समेत डीबिएस शल्यक्रिया, स्वास्थ्यमा सुधार


स्नायु शल्य चिकित्सकहरुले नयाँ तार उनको मस्तिष्कमा नयाँ ठाउँमा राखि पुरानै पेशमेकर जडान गरेका छन् ।


चार वर्ष अघि मदनकृष्णको दाहिने भागमा पार्किन्सनको लक्षण बढी भएपछि उनको मस्तिष्कको देब्रेपट्टि समेत ‘डिप ब्रेन सिमुलेसन’ शल्यक्रिया गरिएको थियो । उनी गत ९ वर्ष देखी यो रोगले पीडित छन् ।


उक्त शल्यक्रिया अन्नपूर्ण न्युरो अस्पताल बाटै मुलुकमा पहिलोपटक मदन कृष्णमा गरिएको जनाउँदै बरिष्ठ स्नायु शल्य चिकित्सक प्रा.डा. बसन्त पन्तले विगतका दिनमा यस्तो शल्यक्रिया थुप्रै संख्यामा भएको बताए ।


हाल अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना रहेका मदनकृष्णको स्वास्थ्यमा सुधार आएको जनाउँदै डा. पन्तले भने– ‘अब डिविएसको उपयोग पार्किन्सनमा मात्र नभएर अन्य समस्यामा समेत हामी मुलुक मै गरिरहेका छौं ।’


यो वर्ष देखी डीबिएसको माध्यमले मानसिक समस्याको उपचार समेत गर्न थालिएको छ । डा. पन्तले भने– ‘मानसिक समस्या, ड्रग एडिक्सन, औषधिले न छुने डिप्रेसन, अब्सेसिभ कम्पल्सिभ डिजअर्डरमा समेत यो उपचार प्रकृया शुरु गरेका छौं ।’


प्रकाशित : आश्विन १, २०७५ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?