कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सुन तस्करी मुद्दा : एसपी खनाल साधारण तारेखमा रिहा

विराटनगर — सुन तस्करी मुद्दाका अभियुक्त एसपी विकासराज खनाललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

सुन तस्करी मुद्दा : एसपी खनाल साधारण तारेखमा रिहा

न्यायाधीशहरु नगेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले उनलाई साधारण तारेखमा छाड्न मंगलबार आदेश दिएको हो ।


मोरङ जिल्ला अदालतले यसअघि खनालसहितका अभियुक्तलाई तत्काल देखिएको प्रमाणका आधारमा दोषी देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । यो आदेशमा चित्त नबुझेपछि कानुन व्यवसायीमार्फत् खनालले उच्च अदालतमा निवेदन दिएका थिए ।

यसअघि यही मुद्दाका अभियुक्तहरु एसएसपी दिवेश लोहनी, डिएसपी प्रजीत केसीलाई उच्च अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।


प्रकाशित : आश्विन २, २०७५ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?