६ महिने बालकमाथि 'एसिड' खन्याइयो, अवस्था गम्भीर

मेनुका ढुंगाना

अछाम — तुर्माखाद गाउँपालिका-४ चिसिका ६ महिनाका बालक मुस्कान बयकलाई घरमा सुताइ राखेको अवस्थामा अपरिचित व्यक्तिले मंगलबार बिहान ११ बजेतिर एसिड जस्तै मानिने 'कोरिसिभ' केमिकल अनुहारमा फ्याँकेपछि बालकको अवस्था गम्भीर छ ।

६ महिने बालकमाथि 'एसिड' खन्याइयो, अवस्था गम्भीर

'घरमा छोरालाई छोडेको पाँच मिनेट मात्रै भएको थियो । अरु घरमा कोहि थिएन,' आमा देवसरा बयकले भनिन्, 'म भैंसीलाई पानी खुवाउँदै थिएँ । छोरा रोएपछी घर आएँ । उसलाई निकै गाह्रो भैसकेको थियो ।' श्रीमान् पनि खेतबारीको काममा निस्केको मौकमा छोरामाथी आक्रमण भएको उनको भनाइ छ ।


घरबाट नजिकको स्वास्थ्य संस्थामा लिँदा त्यताबाट कमलबजार रेफर गरेको र कमलबजारबाट जिल्ला अस्पतालमा पुर्‍याउँदा अवस्था गम्भीर भइसकेकाले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको अस्पतालका डा. मनोज बिष्टले बताए ।


'यहाँ अक्सिजन दिने लगायतका सामान्य उपचारपछि तुरुन्त रेफर गरिसकेका छौँ,' डा. बिष्टले भने, 'भ्यान्टिलेसन उपकरण र विषेशज्ञ डाक्टर भए यतै उपचार सम्भव हुन्थ्यो ।' बालकमाथि भएको घटना जिल्ला अस्पताल पुगेपछि थाहा पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको प्रहरी नायव निरीक्षक टेकबहादुर रावतले बताए ।

प्रकाशित : आश्विन २, २०७५ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?