१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जनकपुरमा वृक्षरोपण गरी संविधान दिवस मनाइयो

सन्तोष सिंह

जनकपुर — मन्त्रीहरु संविधान दिवसको विरोधमा खटिएको बेला प्रदेश २ को मुख्यालयमा कर्मचारी र सुरक्षा प्रमुखहरुले वृक्षरोपण गरी संविधान दिवस मनाएका छन् । जनकपुर चुरोट कारखानाको परिसरमा रहेको कर्भड हलको मैदानमा कर्मचारीहरुले वृक्षरोपण गरी संविधान दिवस मनाएका हुन् । 

जनकपुरमा वृक्षरोपण गरी संविधान दिवस मनाइयो

प्रदेश २ का प्रमुख सचिव राजेश्वमान सिंहको नेतृत्वमा रहेका प्रदेश मन्त्रलायका सचिव तथा कर्मचारीहरु र सुरक्षा प्रमुखहरुले बुधबार बिहान वृक्षरोपण गरी संविधान दिवस बनाएका छन् । संविधान जारी भएको तेस्रो वर्षको शुभ अवसरमा एकआपसमा शुभकामना अदान प्रदान गर्दै वृक्षरोपण गरी दिवस मनाइएको उनले बताए ।


प्रदेश २ मा राजपाले संविधान दिवसलाई कालो दिवसको मनाउन विरोधको कार्यक्रम घोषणा गरेको छ । मधेसको असन्तुष्टि र माग नसमेटिएको भन्दै राजपाले संविधानको पुनर्लेखनसम्मको माग गर्दै पछिल्ला दुई वर्ष असोज ३ लाई ‘कालो दिवस’ कै रूपमा मनायो । राजपाले ३ असोजमा विरोध प्रदर्शन र विरोध सभा, त्यही दिन साँझ ७ बजेदेखि ७ बजे देखि १५ बजेसम्म ब्ल्याक आउट र विरोधका अन्य कार्यक्रम तय गर्ने अधिकार सबै जिल्ला कमिटीलाई दिएको छ । राजपाको बैठकोले विरोध गर्न प्रदेश २ का मन्त्रीहरुलाई जिल्लामा खटाएका छन् ।


संविधान दिवसको विरोध गर्न भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई सप्तरी, उद्योग, पर्यटन, बन तथा वातारण मन्त्री रामनरेश रायलाई सिरहा, सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई धनुषा, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झालाई महोत्तरी, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई सर्लाही र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई रौतहट खटाएको छ ।


राजपाका केन्द्रीय प्रवक्ता कृष्णा सिंहका अनुसार संविधान दिवसको दिन अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर पर्सामा, राजेन्द्र महतो धनुषामा र शरदसिंह भण्डारी महोत्तरीमा रहनेछन् ।


बाँके र बर्दिया, अनिलकुमार झा प्रदेश ७ को कैलाली र कञ्चनपुर, महेन्द्रराय यादव प्रदेश ५ कै नवलपरासी, रुपन्देही र कपिलवस्तु, शरत्‌सिंह भण्डारी प्रदेश १ को झापा र राजकिशोर यादव प्रदेश १ कै मोरङ र सुनसरीमा खटिएका छन्।

प्रकाशित : आश्विन ३, २०७५ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?