कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री

मनाइयो संविधान दिवस
तस्बिर : इलिट जोशी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय संकल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन् । संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा बुधबार नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद्धि र विकासमा सहयोगी भावनाका साथ संलग्न हुन आह्वान गरेका हुन् ।

समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री
समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित समारोहमा उनले भने, 'समृद्धि र विकास, एक्लो प्रधानमन्त्री वा सरकार, कुनै दल वा व्यक्तिको निजी विषय होइन, हाम्रो राष्ट्रिय सङ्कल्प हो । यस्तो सङ्कल्प, जसलाई हामीले प्रत्येक आन्दोलनको मोर्चामा हामीसँगै जीवन उत्सर्ग गर्ने, रगत/पसिना बगाउने देशवासीसँगै पटकपटक गरेका छौँ । हामी अब समृद्धिको सपना देखाउने चरणबाट परिवर्तन महसुस गराउने चरणमा प्रवेश गरेका छौँ ।'

समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री

आधुनिक नेपालको कोसेढुंगा सावित हुने गरी संविधान जारी र कार्यान्वयनसँगै नेपाली जनताको सम्मानित तथा मर्यादित जीवन जिउने अभिलाषा पूरा हुने उल्लेख गर्दै उनले मौलिक हकसँग जोडिएका कानून तर्जुमा भइसकेको र सुशासनका लागि आवश्यक कानूनी प्रबन्ध हुने क्रममा रहेको बताए । संघीय प्रणाली नेपालको नयाँ प्रयोग भएकाले व्यवहारको कसीमा यसले पूर्णता पाउने जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, 'संघीयता ठीक कि बेठीक भन्ने प्रश्न अब हाम्रो सन्दर्भमा सान्दर्भिक रहेन । बहस र तर्क÷वितर्क निर्णयमा पुग्नुअघि मात्र स्वभाविक हुन्छ तर जब राष्ट्रले निर्णय लिन्छ । नेतृत्वकर्ताले त्यसलाई दृढतापूर्वक लागू गर्छ ।'

समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री

उनले संविधानमा कतै छेउकुना नमिलेको भए वा कहीँकतै राँटो बाँकी रहेको भए समयक्रममा मिलाइने र अमिल्दा देखिएको विषयको परिमार्जन र संशोधन हुने विश्वास व्यक्त गरे । अधिकार प्राप्तिको राजनीतिक आन्दोलनको चरण र प्रयोग सकिएकाले अब शान्तिपूर्ण, सशक्त वा सशस्त्र हिंसात्मक आन्दोलन संविधान लागू भएसँगै इतिहास बन्नुपर्नेमा जोड दिँदै उनले भने, 'अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा अब कुनै पनि प्रकृतिको जबर्जस्ती र अनुचित क्रियाकलाप आवश्यक छैन ।'

समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले विवेकहीन नहुने र राज्यले विधि मिच्न मिल्दैन भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै उनले राष्ट्रले देखेको सपनालाई राज्यका सबै निकायले एउटै लयमा समाउनुपर्ने आग्रह गरे । प्रधानमन्त्री ओलीले भने, 'कार्यपालिका, व्यवस्थापिका वा न्यायपालिका तिनै निकायले नागरिकको सन्दर्भमा निर्णय लिँदा सन्तुलित र विवेकी हुनुपर्छ ।'

समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री

कर्यक्रममा ‘संविधान दिवस २०७५’ लेखिएको ब्यानर अंकित नेपाली सेनाको चार वटा हेलिकोप्टरमा पुष्पवृष्टि गरिएको थियो भने नेपाली सेना, नेपाल प्रहारी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटका तर्फबाट मार्चपास तथा सांस्कृतिक प्रस्तुति गरिएको थियो । काठमाडौँ र ललितपुर महानगरपालिका तथा उपत्यकास्थित स्थानीय तहबाट झाँकी प्रस्तुति गरिएको थियो भने राष्ट्रिय भावनाका गीत प्रस्तुत गरिएको थियो ।

समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री

समारोहमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री, मन्त्रीगण र उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री

समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री

समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री

समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री

समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री

समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री

समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री

समृद्धि र विकास राष्ट्रिय संकल्प हो : प्रधानमन्त्री

प्रकाशित : आश्विन ३, २०७५ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?