२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

संविधान विरोधी जुलुसमा प्रदेश सरकारका मन्त्री

अजित तिवारी

जनकपुर — प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह संविधान  दिवसको विरोधमा जनकपुरमा बुधबार आयोजना गरिएको जुलुसमा सहभागी भए ।

संविधान विरोधी जुलुसमा प्रदेश सरकारका मन्त्री

राष्ट्रिय जनता पार्टी(राजपा)ले संविधान दिवसलाई कालो दिन भन्दै आयोजना गरेको जुलुसमा मन्त्री साह सशस्त्र प्रहरीका अंगरक्षक सहित सहभागी भए ।


प्रदेश २ मा संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाएको राजपाले संघीय सरकारलाई समेत समर्थन गरेको छ । संविधानप्रति असहमति जनाउँदै राजपाले बुधबार मधेसमा विरोध प्रदर्शन गरेको छ ।

जनकपुरको विरोध प्रदर्शन कार्यक्रमको कमान्ड पार्टीले मन्त्री साहलाई सुम्पेको छ । मन्त्री साह निजी नम्बरको मोटरसाइकल चढेर जनकपुरको जनक चोक पुगेका थिए ।


मन्त्री साह पुगेपछि त्यहाँ भेला भएका राजपाका नेता/कार्यकर्ताले कालो झण्डा बोकेर प्रदर्शनमा उत्रिएका थिए । मन्त्री साहले त्यसको अगुवाई गरेका थिए ।

उनीसँगै संविधान विरोधी जुलुसमा राष्ट्रिय सभाका राजपाका सांसद बृषेशचन्द्र लाल, प्रदेशसभा सदस्य परमेश्वर साह लगायतको सहभागिता थियो ।


यता, संविधान विरोधी गतिविधिमा संलग्न सिके राउतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरमा राउत समर्थकहरुले फ्री मधेसको तुल झुन्ड्याएर नाराजुलुसमा उत्रिए ।

प्रकाशित : आश्विन ३, २०७५ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?