कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

एसिड खन्याइएका ६ महिने बालकको मृत्यु

एसिड खन्याएको अभियोगमा काकी पक्राउ 
मेनुका ढुंगाना

अछाम — एसिड खन्याइएका तुर्माखाद गाउँपालिका-४ चिसिका ६ महिनाका बालक मुस्कान बयकको उपचारका क्रममा मृत्यु भएको छ ।

एसिड खन्याइएका ६ महिने बालकको मृत्यु

घरमा सुताइ राखेको अवस्थामा मंगलबार बिहान ११ बजेतिर एसिड जस्तै कोरोसिभ केमिकल अनुहारमा फ्याँकिएको थियो । अवस्था गम्भीर बनेका बालकको थप उपचारका लैजाने क्रममा मंगलबार साँझ सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


घटनाको बारेमा जानकारी पाए लगत्तै पीडितको घरमा पुगेको प्रहरी टोलिले मृतक बालकका काकी २५ वर्षीय जानकी बयकलाई पक्राउ गरेको थियो । 'प्रारम्भिक अनुसन्धानबाट उनकै सानिमाले एसिड प्रहार गरेको पाइयो,' अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहिले भने, 'थप अनुसन्धान अघि बढाएर कानुनी प्रक्रियामा जान्छौँ ।'


स्थानीयका अनुसार घरायसी रिसिबी लामो समयदेखि रही आएको र परिवारको रिसले ६ महिने बालकमाथी एसिड खन्याएको हुनसक्ने बताएका छन् ।

प्रकाशित : आश्विन ३, २०७५ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?