कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

‘सरकार बहुमतको घमण्डले अधिनायकवाद लादिरहेको छ’

लक्ष्मी साह

बारा — राष्ट्रिय जनता पार्टी (राजपा) का संयोजक महन्थ ठाकुरले सरकार अझै पनि विभेद गरिरहेको आरोप लगाएका छन् । संविधान जारी भएको दिनलाई ‘असोज तीन, कालो दिन’ भन्दै पार्टीले कलैयामा बुधबार आयोजना गरेको विरोधसभामा उनले यस्तो आरोप लगाएका हुन् ।

‘सरकार बहुमतको घमण्डले अधिनायकवाद लादिरहेको छ’

‘मधेसी, आदिवासी जनजाति, मुस्लिमलाई उसको भाषा, संस्कृति, पहिचान, नागरिकतालगायतमा विभेद गरिरहेको छ,’ उनले भने, ‘नश्लवादी सोंच, विचार र दृष्टिकोणले केही खास समुदायका अनुहारले देशमा शासन गर्न संविधानलाई आफू अनुकुल बनाएर जारी गरेको छ । त्यसैले संशोधन नभएसम्म हामी संघर्ष गरिहन्छौं ।’

अनुहारको आधारमा सरकारले विभेद गरिरहेकोले संविधान संशोधनको आवश्यक्ता रहेको उनको भनाइ थियो । सरकारले हामीसित गरेको सबैखाले सम्झौता, सहमति उल्लंघन गरेको उनको आरोप थियो । ‘अन्तरिम संविधान, नयाँ संविधानको प्रस्तावना, राजनीतिक सहमतिसमेत सरकारले उल्लंघन गरेको छ,’ उनले भने, ‘कैलालीको निर्वाचित सांसद रेशम चौधरीसित सरकारले विभेद गरी निर्वाचितको प्रमाणपत्र दिएको छैन । यसको लागि प्रधानमन्त्री र गृहमन्त्रीसँग आवाज उठाउँदा वास्ता गरेको छैन् ।’

राज्यले पहिचानसहितको संघीय स्वायत्त प्रदेश नबनाएर उपनिवेशिक शासन चलाउन संविधान बनाएको उनको आरोप थियो । ‘सरकारले नाङ्गो नाच देखाएको छ,’ उनले भने, ‘सरकार बहुमतको घमण्डले अधिनायकवाद लादिरहेको छ ।’ संविधान संशोधनको माग पुरा नभए जुन बेला पनि ‘विस्फोट’ हुनसक्ने उनले चेतावनी दिए । संविधानको विरोध गर्दै पार्टीले कलैया उपमहानगरपालिकामा प्रदर्शनसमेत गरेका छन् ।


प्रकाशित : आश्विन ३, २०७५ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?