कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

उच्च अदालतले नवाज सरिफको मुद्दा उल्ट्यायो, तत्काल रिहा गर्न आदेश

बीबीसी

इस्लामावाद — भ्रष्टाचार अभियोगमा जेल परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई तत्काल रिहा गर्न इस्लामावादस्थित उच्च अदालतले आदेश दिएको छ । सरिफ र उनका छोरी-ज्वाईंलाई तल्लो अदालतले दिएको सजाय पनि स्थगित गरिएको छ ।

उच्च अदालतले नवाज सरिफको मुद्दा उल्ट्यायो, तत्काल रिहा गर्न आदेश

सरिफलाई लगाइएका आरोपहरु पुष्टि हुन नसकेको बताउँदै अदालतले उनीहरुलाई तत्कालका लागि रिहा गर्न आदेश दिएको हो । इस्लामावाद अदालतले लण्डनमा रहेका सम्पत्ति सरिफसँग सम्बन्धित भएको प्रमाण नदेखिएको जनाएको छ । तल्लो अदालतले नवाजलाई १० वर्षको जेल सजाय तोकेको थियो भने सोही अपराधका लागि छोरी मर्यमलाई ७ वर्ष र ज्वाईं सफ्दार अवानलाई अनुशन्धान असहयोग गरेको भन्दै १ वर्ष कैद सजाय तोकेको थियो । यसविरुद्ध सरिफ परिवारले इस्लामावाद उच्च अदालतमा पुनरावेदन दिएका थिए ।


एक हप्ता अगाडि मात्रै सरिफकी पत्नी कुल्सुम नवाजको लन्डनमा क्यान्सरका कारण निधन भएपछि सरिफलाई लाहोर भएको अन्तिम संस्कारमा सामेल हुने केही दिनका लागि रिहा गरिएको थियो ।


प्रकाशित : आश्विन ३, २०७५ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?