२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मेलाबाट फर्कंदा बलात्कृत

बागलुङ — मेलाबाट घर फर्कंदै गरेकी एक किशोरी बलात्कृत भएकी छन् । घटनामा संलग्न आरोपमा प्रहरीले निसीखोलाका दुई युवकलाई पक्राउ गरेको छ ।

मेलाबाट फर्कंदा बलात्कृत

भदौ २७ मा निसीखोला–४ को कानबगरमा तीजको मेला हेरेर फर्केकी १५ वर्षीया किशोरीलाई स्थानीय युवकले बलात्कार गरेका थिए ।

किशोरीका अभिभावकको उजुरीमा ती युवकलाई गाउँबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । पक्राउ पर्नेमा निसीखोला–५ का खगेन्द्र विक र रामबहादुर विक छन् ।

उनीहरूलाई बुधबार बुर्तिबाङबाट सदरमुकामस्थित जिल्ला प्रहरीमा ल्याइएको छ । बलात्कारीले गाउँमै मिलापत्र गर्ने प्रयास गरेका थिए । पीडित परिवार नमानेपछि घटना प्रहरीसम्म पुगेको हो ।

प्रकाशित : आश्विन ४, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?